नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी

दावा तामाङ

सिन्धुपाल्चोक ३ बाट विजयी एकिकृत नेकपा माओवादीका संविधान सभा सदस्य दावा तामाङ पार्टीको राजनीतिक विचारधारा र त्यसबाट सुसुचित जनता नै आफ्नो विजयीको कारण भएको बताउनुहुन्छ।

२०३० सालमा इर्खु -७ मा सामान्य तामाङ परिवारमा जन्मेका तामाङले लगातार ३० वर्ष सम्म सिन्धुपाल्चोकबाट विजयी हुँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणलाई पराजित गरी संविधान सदस्यमा निर्वाचित हुनुभएको हो।

२०४६ साल देखि राजनीतिमा लागेका तामाङ २०५२ सालमा सिन्धुपाल्चोकको कुभिन्डेमा गरिएको पुलिस हत्याको अभियोग लागे पछि भूमिगत हुनु भएको थियो।

त्यतिबेला माओवादीको विद्यार्थी भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनीयन क्रान्तिकारीका जिल्ला अध्यक्ष तामाङ पार्टीको जिल्ला समितिको सदस्य हुँदै माओवादीको जिल्ला जनसरकार प्रमुख पनि हुनुभयो।

तामाङ जिल्ला सचिव हुँदै अहिले ताम्सालिंग राज्य समितिका सदस्य पनि हुनुहुन्छ। तामाङकी श्रीमती कुमारी मोक्तान पनि प्रत्यक्ष निर्वातनमा माओवादी पार्टीकै तर्फबाट मकवानपुर ४ क्षेत्रबाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको छ।

संविधान सभामा पार्टीको नीति, युवा वर्ग र आदिवासी जनजातिको हितका लागि आवाज उठाउने तामाङको लक्षय रहेको छ।

संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions