नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी

देवी लाल चौधरी

माओवादी शसस्त्र संघर्ष सुरु भए देखि विद्यार्थी राजनीतिमा लागेका देबीलाल चौधरी २०५४ साल देखि माओवादी राजनीतिमा आकर्षित हुनुभएको थियो। एस. एल. सी. सम्मको औपचारिक शिक्षा लिनु भएका चौधरीले माओवादीको स्थानीय सेलको सचिव हुँदै जिल्ला समितिको सदस्य भएर पनि काम गरिसक्नु भएको छ।

२०५८ साल मन्सिर २४ गते जेल परेका चौधरी, २०६१ साल भदौ २६ गते महेन्द्रनगर जेलब्रेक गरी भागेका माओवादी कार्यकर्ताहरु मध्येका एक हुनुहुन्छ। चौधरीकै नेतृत्वमा महेन्द्रनगरको जेलको पर्खाल भत्काएर १९ जना माओवादी र २ जना अन्य संगै एकजना प्रहरी ग्रिनेट र राइफलसहित बाहिर निस्केका थिए।

निम्न बर्गको पारिवारिक पृष्ठभूमिको व्यक्ती बताउने चौधरीका भाइ पनि माओवादीको कलाकारमा पर्नुहुन्छ। २०५२ सालदेखि २०५६ सालसम्म शिक्षण पेशा अपनाउनु भएको चौधरी २०५६ सालदेखि भूमिगत हुनु भएको हो।

माओवादी पार्टीले लिएको सही राजनीतिक कार्यदिशा र जनताले परिवर्तनका लागि माओवादी पार्टी र आफूलाई विजयी बनाएको चौधरीको विश्वास छ। राष्ट्रिय अख48डतामा ध्यान दिदैं गरीब जनताको पक्षमा परिवर्तनकारी संविधान लेख्ने चौधरीको लक्षय रहेको छ।

संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प
2009-09-18
निवर्तमान प्रधानसेनापती रुकमाङगत कटवालको कारवाही प्रकृयामा उनको पद थमौती गर्ने राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले अब संविधानमै संसोधनको अर्को नयाँ विकल्प अघि सारेको छ। नयाँ सरकार गठन प्रर्कयाबारे बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions