नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी

देवी खड्का

राजनीतिक लगानी र उमेरले पनि 'हजुरबा' पर्ने कांग्रेसभित्रका इमान्दार नेता भीमबहादुर तामाङलाई हराएर देवी खड्का 'अस्मिता' सभासद् बन्नुभएको थियो। आफ्ना दाजुहरु राजनीतिमा होमिएकाले सानैदेखि राजनीतिमा लाग्नुभएकी देवी अनेमसंघ क्रान्तिकारीकी उपाध्यक्ष, माओवादी दोलखा इन्चार्ज र राज्य समिति सदस्य हुनुहुन्छ। खड्का दम्पति नै प्रत्यक्ष चुनावबाट संविधानसभामा जाने चार जोडी मध्ये एक जोडी हो खड्कादम्पति पनि। उहाँका श्रीमान् राजकुमार श्रेष्ठ सिन्धुपाल्चोक -१ बाट चुनिनुभएको छ।

सैन्य हिरासतमा चरम यातना पाउनुभएकी खड्काकी काइला दाजु रितबहादुर खड्का माओवादी केन्द्रीय सदस्य हुनुहुन्थ्यो। हिरासतमा रहेको बेला वीरअस्पतालबाट फरार हुनुभएका खड्काकी दाजु रितलाई सेनाले मारेको थियो। ०५५ मा माओवादीको जिल्ला समितिमा पुग्नुभएकी खड्का दुई वर्ष माओवादी दोलखा सचिव बन्नुभयो। त्यसपछि इन्चार्ज। जनमुक्ति सेनामा उहाँ प्लाटुन कमाण्डर बन्नुभयो। मैनापोखरी, मुडे देउरालीलगायतका थुप्र्रै भिडन्तमा भाग लिनुभयो। उहाँका जेठा दाजु जेलमा मारिनुभएको थियो।

शिक्षा स्वास्थ्य र रोजगारलाई जनताको मौलिक हकको रुपमा सविधानमै सुनिश्चित गराउने उहाँको मूल एजेण्डा छ। माओवादीको सही विचार र दाजु रितबहादुर खड्काको योगदान र आफ्नो पनि त्यागका कारण आफूलाई जिताएको उहाँको भनाइ छ।

संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions