नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी

धर्म प्रसाद घिमिरे

माओवादीको तर्फबाट झापा -१ बाट चुनिनुभएका सभासद् धर्मप्रसाद घिमिरे झापा आन्दोलनदेखि नै राजनीतिमा होमिनुभएको हो। ६४ वर्षीय घिमिरे ०२३ देखि राजनीतिमा सक्रिय घिमिरे नक्खु जेल तोड्ने समूहको एक सदस्य हुनुहुन्थ्यो। संयोग नक्खु जेल तोड्नेमध्येकै अर्का भीष्म धिमाल पनि माओवादीकै सभासद् हुनुभएको छ।

जेल तोड्ने सीपी मैनाली र प्रदीप नेपाल नेपालको राजनीतिक परिदृश्यमा माथि आए पनि जीवन मगर र भीष्म धिमालसँगै घिमिरे पनि तलतल ओझेलमा रहनुभयो। सामान्य साक्षर मात्र घिमिरे ९ वर्षसम्म जेल जीवन ब्यतीत गर्नुभयो। झापाको दुवागडी -६ दुवागडीमा जन्मनुभएका घिमिरेका एक छोरा र २ छोरी हुनुहुन्छ। रामचन्द्र अधिकारी र पवित्रादेवीका छोरा घिमिरेको लामो राजनीतिक जीवन छ।

आफ्नो छुट्टै एजेण्डा नभएको बताउँदै घिमिरेले पार्टीको एजेण्डा नै आफूले संविधानमा लेखाउने मुख्य एजेण्डा हुने बताउनुहुन्छ। वलिदानको नदी तरेर आएको माओवादीको वैज्ञानिक र जनमुखी एजेण्डा र आफ्नो लामो राजनीतिक जीवनको मूल्याकंन गरेर नै झापाली जनताले आफूलाई विजयी बनाएको घिमिरेको तर्क छ।

संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प
2009-09-18
निवर्तमान प्रधानसेनापती रुकमाङगत कटवालको कारवाही प्रकृयामा उनको पद थमौती गर्ने राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले अब संविधानमै संसोधनको अर्को नयाँ विकल्प अघि सारेको छ। नयाँ सरकार गठन प्रर्कयाबारे बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions