|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी
डिल्लीमान तामाङ रामेछाप -२ बाट एकिकृत नेकपा माओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचनमा विजयी संविधान सभा सदस्य डिल्लीमान तामाङ पार्टीको घोषणा पत्र, संदसीय दलहरु प्रति जनताको अविश्वास नै आफ्नो विजयको कारण भएको बताउनुहुन्छ। बेथान -६ भलुवाडीमा सामान्य किसान तामाङ परिवारमा २०३१ सालमा जन्मनु भएका तामाङ २०४६ सालदेखि नेकपा मशालमा सम्बद्ध भएर वाम राजनीतिमा पाइला सुरु गर्नुभएको थियो। २०५१ साल देखि माओवादीमा सक्रिय तामाङले औपचारिक रुपमा अध्ययन नगरेको बताउनुहुन्छ। उमेर सानै भए पनि २०४२ सालमा प्रौढ शिक्षा पढेको अनुभव तामाङसँग छ। त्यसबेला आफूले पढेको धनी-गरिबबारेको कथा नै राजनीतिमा लाग्न प्रेरणा दिएको तामाङको भनाई छ। भूमिगत कालमै माओवादीले गठन गरेको जिल्ला जनसरकारमा समेत तामाङ चुनिनु भएको थियो। दुई श्रीमती र दुई छोरा भएका तामाङको दाजु बाबुराम तामाङको माओवादी र सरकारबीच वार्ता भइरहेको बेला दोरम्बा भएको घटनामा मृत्यु भएको थियो। उतिबेला बाबुराम जनसरकार प्रमुख हुनुहुन्थ्यो। पार्टीले दिएको जिम्मेवारी अनुसार नै आफू संविधान सभामा प्रस्तुत हुने तामाङ बताउनुहुन्छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||