|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
एकिकृत नेकपा माओवादी
गंगा पराजुली संविधानसभामा पुनः विवाह गर्ने महिला सभासद्हहरुमध्ये एक हुनुहुन्छ गंगा पराजुली 'हिमाली'। उहाँसँगै संविधानसभा पुनः विवाह गर्ने सभासद्हरुमा उमा भुजेल, सरला रेग्मी पनि हुनुहुन्छ। वाम राजनीतिक परिवारमा हुर्कनुभएकी गंगा पाँच कक्षा पढ्ने बेला ०४६ देखि राजनीतिमा लाग्नुभएको थियो। ०५२ देखि भूमिगत राजनीति थाल्नुभएकी गंगा अनेमसंघ क्रान्तिकारी काभ्रे अध्यक्ष भइसक्नुभएको छ भने हाल उहाँ क्रान्तिकारीकै केन्द्रीय कोषाध्यक्ष र माओवादी राज्य समिति सदस्य हुनुहुन्छ। माओवादी ललितपुर इन्चार्जसमेत रहीसक्नुभएकी गंगाकी श्रीमान् नारायण अधिकारी ०५५ भदौ ५ मा मारिनुभएको थियो। २२ वर्षमै श्रीमान् गुमाउनुभएकी गंगाले ०६१ मा हरि दाहालसँग पुनः विहे गर्नुभएको थियो। दाहालकी पहिलो श्रीमती अम्बिका दाहाल सरकार माओवादी वार्ता भंग गराउने दोरम्बा घटनामा मारिनुभएको थियो। हरि दाहाल माओवादी ललितपुर सचिव हुनुहुन्छ। औपचारिक अध्ययन एसएलसीसम्म मात्र गर्नुभएकी ३२ वर्षीय गंगाले दुई वर्ष शिक्षण पेशा गर्नुभएको थियो। गरिखाने वर्गको हित हुने, जातीय, क्षेत्रीय र लिंगीय विभेद हटाउने कानुन बनाउन पहल गर्ने बताउनुहुन्छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||