|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
लक्ष्मी लाल चौधरी
डा. लक्ष्मीलाल चौधरी इतिहासमा विद्यावारिधि गरेका ६६ वर्षीय डा. लक्ष्मीलाल चौधरी समानुपातिक तर्फ नेपाल लोकतान्त्रिक समाजवादी दलका सभासद हुनुहुन्छ। सप्तरी, राजविराज निवासी चौधरी राजनीतिमा २०२० सालदेखि सक्रिय रहँदै आउनुभएको छ। शुरुदेखि नै नेपाली कांग्रेस निकट भई राजनीतिमा क्रियाशील भएका चौधरी पहिले ने.वि.संघ मार्फत र पछि नेपाल प्राध्यापक संघको राजनीतिमा संलग्न रहनुभयो। हाल उहाँ नेपाल लोकतान्त्रिक समाजवादी दलका प्रमुख सल्लाहकार हुनुहुन्छ। राजविराज स्थित महेन्द्र बिन्देश्री बहुमुखी क्याम्पसमा ३१ वर्ष इतिहासको प्राध्यापन गरेका चौधरी सो क्याम्पसमा दुई पटक नेपाल प्राध्यापक संघका सभापति रहिसक्नुभएको छ। इतिहास सम्बन्धी सोध एवम् अध्ययन उहाँको रुचिको क्षेत्र हो र त्यस्ता सोधमा आधारित उहाँका लेखहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन्। उहाँले 'क' श्रेणीको महेन्द्र विद्याभूषण, दीर्घ सेवा पदक लगायतका पदक एवम् पुरस्कार प्राप्त गर्नुभएको छ। २ छोरा, १ छोरीका पिता चौधरी, थारु कल्याणकारी सभाका आजीवन सदस्य हुनुहुन्छ। संविधानसभामा अदिवासी-जनजातिको उत्थानका लागि पहल गर्ने र राज्यको पुनः संरचना गर्ने मुद्दाहरु प्रमुखतासाथ उठाउने उहाँको अठोट छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||