|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेपाल मजदुर किसान पार्टी
लीला न्याइच्याई भक्तपुर, हावी छो निवासी २८ वर्षीया लीला न्याइच्याई समानुपातिक तर्फ नेपाल मजदुर किसान पार्टीका सभासद हुनुहुन्छ। संसदीय निर्वाचनहरुमा भाग नलिए पनि व्यवस्थापिका संसदमा नेमकिपाका तर्फबाट प्रतिनिधित्व गरेकी न्याइच्याई २०४९ सालदेखि राजनीतिमा संलग्न हुनुहुन्छ। प्रारम्भदेखि नै नेमकिपाको राजनीतिमा आबद्ध उहाँ आठ वर्षसम्म नेपाल क्रन्तिकारी विद्यार्थी संघको केन्द्रीय सदस्य रहनुभयो। हाल उहाँ नेमकिपा केन्द्रीय वैकल्पिक सदस्य तथा नेपाल क्रान्तिकारी महिला संघका सचिव हुनुहुन्छ। किसान―मजदुरको हित नभएसम्म देश अघि बढ्न नसक्ने धारणा राख्ने न्याइच्याई पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा भएको प्रतिगमन विरोधी आन्दोलनमा पक्राउ परी हिरासतमा रहिसक्नुभएको छ। त्रिभुवन विश्वविद्यालयबाट पुस्तकालय तथा सूचना विज्ञानमा स्नातकोत्तर न्याइच्याई संविधानसभा सभासद हुनु अघिसम्म लाइव्रेरियनका रुपमा कार्यरत हुनुहुन्थ्यो। साहित्य―अध्ययनमा रुचि राख्ने उहाँका लेख―रचना 'श्रमिक' र 'मजदूर' पत्रिकामा प्रकाशित हुँदै आएका छन्। सभासद न्याइच्याईले संविधानसभामा मुख्यतः काम गरी खाने वर्ग किसान, मजदूरको पक्षमा वकालत गर्ने संकल्प गर्नुभएको छ। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||