|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल
रामनारायण सिँह राष्ट्रिय प्रजातान्त्र पार्टी-नेपालका केन्द्रीय सदस्य रामनारायण सिंह सो पार्टीबाट समानुपातिक तर्फका सभासद् हुनुहुन्छ। समृद्ध नेपाल र सार्वभौम नेपाल दुई मुद्दालाई संविधानसभामा प्रमुखतासाथ उठाउने उहाँको अठोट छ। २०३१ सालबाट पञ्चायत अन्तर्गत राजनीति शुरु गरेका सिंहले प्रमुख जिल्ला अधिकारी, पार्टीको सहमहामन्त्री र पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा श्रम मन्त्रीको जिम्मेदारी वहन गरिसक्नुभएको छ। सर्लाही, मलंगवामा स्थायी बसोवास भएका सिंह पञ्चायतकालमा जिल्ला पञ्चायतको सदस्य र सभापति समेत रहनुभएको थियो। रामनारायण सिंहले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिविज्ञानमा एम्.ए. र भारतको पटना विश्वविद्यालयबाट बी.एल्. अध्ययन गर्नुभएको छ। राजनीति बाहेक कानून व्यवसाय उहाँको पेशा हो र समाजसेवा उहाँको सोख हो। दुई छोरा र एक छोरीका पिता ७१ वर्षीय सिंह २०४८ सालमा संसदीय निर्वाचनमा उम्मेदवार हुनुहुन्थ्यो। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||