नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल

दालकुमारी सुनार

६७ वर्षीया दाल कुमारी सुनुवार २०३० साल देखि राजनीतिमा सक्रिय हुनुहुन्छ । प्राथमिक तहसम्मको शिक्षा हासिल गरेकी सुनुवार पंचायत कालमा पंचायती व्यवस्थाको महिला संगठनमा बसेर काम गर्नुभएको थियो । उहा २०३९ सालमा महिला संगठनको जनकुपर अंलचमा अंचल सभापति पनि हुनुभएको थियो ।
यसैगरी २०४४ सालमा महिला संगठनको रामेछाप जिल्ला सभापति बनेर उहाले काम गर्नुभएको थियो । वि.स. २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा रामेछापबाट राष्ट्रिय पंचायत सदस्यमा उम्मेदवार भए पनि उहा तीन सय २५ मतले पराजित हुनुभएको थियो ।
बहुदलीय व्यवस्था आएपछि २०४७ साल देखि उहा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध हुनुहुन्छ । २०५९ सालदेखि चार बर्षम्म राप्रपा रामेछापको जिल्ला अध्यक्ष भई काम गरेको अनुभव सुनुवारसग छ । संविधान सभामा विशेष गरी जनजाति र आदिवासीका समस्या तथा समानता र समावेशीकरणको मुद्धालाई प्रमुख रुपमा उठाउने सुनुवारले जानकारी दिनुभयो ।

संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions