|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल
लोकेन्द्रबहादुर चन्द २०२५ सालमा गाविसको उपप्रधानपञ्चबाट राजनीति सुरु गरेका चन्द चार पटक नेपालको प्रधानमन्त्री बनुभएको छ । पञ्चायत कालमा दुइ पटक र २०४६ सालको परिवर्तनपछि दुइ पटक प्रधानमन्त्री हुनुभयो । २०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित चन्द २०४० सालदेखि तीन बर्षम्म पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । २०४६ सालको जनआन्दोलन उत्कर्षा पुगेको बेला मरिचमान सिंह श्रेष्ठलाई हटाएर चन्दलाई केही दिन प्रधानमन्त्री बनाइएको थियो । २०५१ सालमा बैतडीका दुबै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा विजयी चन्द २०५३ सालमा एमालसगको संयुक्त सरकारको प्रधानमन्त्री बन्नुभएको थियो । २०६० साल असोज १८ गते शेरबहादुर देउवालाई पदच्युत गरिएपछि चन्द राजाबाट प्रधानमन्त्रीमा मनोनित हुनुभएको थियो । नेपाली, हिन्दी र अंग्रेजी भाषामा साहित्य सिर्जना गर्ने चन्द कथा, कविता, व्यङ्य, उपन्यास लेख्न मन पराउनुहुन्छ । उहाको एक दर्जनजति कृति प्रकाशित भइसकेका छन् र ती मध्ये १२ औं खेलाडी भन्ने पुस्तक निकै चर्चित छ। प्रधानमन्त्रीको रुपमा नेपालको प्रतिनिधित्व गरेर विभिन्न अन्तर्राट्रय सम्मेलनमा भाग लिएका चन्द पार्टी निर्णय बमोजिम संविधान सभामा आफ्ना विचार व्यक्त गर्ने बताउनुहुन्छ । |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||