|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेपाल सद्भावना पार्टी
खोबरा राई सर्लाही क्षेत्र नं.५ बाट निर्वाचित खोभारी राय सदभावना पार्टीका सभासद हुनुहुन्छ। ४२ वर्षीय सभसद रायले पञ्चायती राजनीतिबाट आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभएको हो। उहाँ २०४४ सालमा जिल्ला पञ्चायत उपसभापति हुनुहुन्थ्यो भने २०५१ सालमा भएको संसदीय निर्वाचनमा राप्रपाका तर्फबाट भाग लिएर सांसद निर्वाचित हुनुभएको थियो। जनसंपर्क र जनसहयोगमा रुचि राख्ने राय आफूले मधेसी जनताका लागि गरेको योगदानका कारण जनताले संविधानसभामा निर्वाचित गरेको बताउनुहुन्छ। उहाँले २०४८ र २०५६ का संसदीय निर्वाचनहरुमा क्रमशः राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (चन्द) का तर्फबाट भाग लिनुभएको थियो। सर्लाही, जमुनिया गाविसमा स्थायी बसोबास भएका सभासद राय राजधानीमा स्वयम्भू, ठूलो भर्याङमा बस्नुहुन्छ। राय एक छोरा तथा दुई छोरीका पिता हुनुहुन्छ। एसएलसी सम्मको अध्ययन पूरा गरेका रायले २ वर्ष त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुल्चोक क्याम्पसमा सिभिल ओभरसियरको समेत अध्ययन गर्नुभएको छ। समाजसेवामा रुचि भएका राय विभिन्न संघसंस्था मार्फत र व्यक्तिगत तवरमा पनि सामाजिक कार्यमा संलग्न रहँदै आउनुभएको छ। संविधानसभामा उहाँले प्रमुखतासाथ दुई विषयमा आफ्नो ध्यान केन्द्रित गर्ने अठोट गर्नुभएको छ- क. मधेसी जनताको समृद्धिका लागि संघर्ष गर्ने, ख.पिछडिएको वर्ग, जातिको राज्यमा समान पहुँच र अस्तित्व स्थापनाका लागि पहल गर्ने। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||