नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
नेपाल सद्भावना पार्टी

मालामति देवी राना

कैलाली, धनगढी निवासी मालमती देवी राना(थारु) समानुपातिक तर्फ सदभावना पार्टीका सभासद हुनुहुन्छ। पार्टीकी सक्रिय सदस्यका रुपमा परिचित उहाँ सुकुम्बासी उत्थान समाज लगायतका संस्थामा सामाजिक कार्यकर्ता भएर काम गर्दा गर्दै राजनीतिमा लाग्नुभएको हो। राजनीतिक सक्रियताका क्रममा वेलावेलामा पक्राउ परेकी रानाको रुचिको क्षेत्र समाजसेवा नै हो र उहाँ हाल पनि सुकुम्वासी उत्थान समाजका साथै सृजनशील महिला समाज र सम्झौता नेपाल नामक संस्थाहरुमा क्रियाशील हुनुहुन्छ।

४८ वर्षीया सभासद मालमती देवी राना थारुले एसएलसी सम्मको अध्ष्ययन गर्नुभएको छ। उहाँ छ छोरी र एक छोराकी आमा हुनुहुन्छ। राजनीति र समाजसेवा बाहेक कृषि उहाँको पेशा हो। यस अघि कुनै संसदीय चुनावमा उहाँले भाग लिनुभएको छैन। आफ्नो सक्रियता र विशेष गरी कमैया तथा सुकुम्वासीको हितमा निर्भीकता पूर्बक गरेको कार्यले आफूलाई संविधानसभामा पुर्‍याएको उहाँको ठम्याइ छ। नयाँ संविधानले भूमिहीन र पिछडिएकाहरुलाई न्याय दिने विश्वास राख्‍ने रानाले संविधानसभामा आफूले सुकुम्बासीको उत्थान र कमैयाहरुको पुनर्वासका मुद्दालाई विशेष प्राथमिकतका साथ उठाउने अठोट गर्नुभएको छ।

संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प
2009-09-18
निवर्तमान प्रधानसेनापती रुकमाङगत कटवालको कारवाही प्रकृयामा उनको पद थमौती गर्ने राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले अब संविधानमै संसोधनको अर्को नयाँ विकल्प अघि सारेको छ। नयाँ सरकार गठन प्रर्कयाबारे बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions