नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
समाजवादी प्रजातान्त्रिक पार्टी, नेपाल

प्रेम बाहादुर सिंह

कालिकोट, ओदानकुका ५६ वर्षीय प्रेम बहादुर सिंह समानुपातिकतर्फ समाजवादी प्रजातान्त्रिक जनता पार्टी― नेपालका सभासद हुनुहुन्छ। दुई श्रीमती ज्ञानकुमारी सिंह र पद्मा सिंहका पति सभासद सिंह तीन छोरीका पिता हुनुहुन्छ। २०२९ सालबाट राजनीतिमा सक्रिय सिंह हाल आफ्नो पार्टीको अध्यक्षमण्डलका अध्यक्ष हुनुहुन्छ। शुरुदेखि वामपन्थी राजनीतिमा संलग्न रहेका उहाँ राजनीतिक संघर्षका क्रममा विभिन्न समयमा गरी कुल डेढ वर्ष जेल परिसक्नुभएको छ। २०५६ को संसदीय निर्वाचनमा एमाले उम्मेदवारका रुपमा कालिकोट क्षेत्र नं. १ बाट निर्वाचित सिंह त्यसअघि एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य, सचेतक र कानून तथा न्याय मन्त्री रहिसक्नुभएको छ। २०४८ को संसदीय निर्वाचनमा पनि उहाँ उम्मेदवार हुनुहुन्थ्यो। २०६१ सालमा एमालेबाट राजिनामा गरी उहाँले आफ्नो बेग्लै पार्टी खोल्नुभएको हो। पुनर्स्थापित संसदमा रहे पनि उहाँलाई अन्तरिम संसदमा एमालेले मनोनीत गरेन।

आई.एस्सी. सम्म अध्ययन गरेका सिंह समाजसेवामा रुचि राख्‍नुहुन्छ र उहाँले जनतारा साहित्यिक पत्रिका प्रकाशित गर्दै आउनुभएको छ। उहाँले संविधानसभामा संघीयताको खाका र समावेशी व्यवस्थाका मुद्दाहरु प्रमुखतासाथ उठाउने अठोट गर्नुभएको छ। 

संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions