|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
तराई मधेश लोकतान्त्रिक पार्टी
बृजेश कुमार गुप्ता कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित ३६ वर्षीय बृजेश कुमार गुप्ता तराई मधेस लोकतान्त्रिक पार्टीका सभासद हुनुहुन्छ। पञ्चायतकालदेखि नै राजनीतिमा संलग्न आफ्ना बुबा भगवानदास गुप्ताको मृत्युपछि विद्युत प्राधिकरणको इंजिनियरको जागिर छोडेर २०५६ सालदेखि उहाँ राप्रपा मार्फत राजनीतिमा सक्रिय हुनुभएको हो। राप्रपा केन्द्रीय सदस्य रहेका गुप्ता २०५६ सालको संसदीय निर्वाचनमा सो पार्टीको उम्मेदवारको रुपमा रुपन्देही क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको थियो। पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा २०६२ सालमा उहाँ भौतिक योजना तथा निर्माण राज्यमन्त्री रहनुभयो। पुनर्स्थापित प्रतिनिधि सभा संसदमा भने त्यसैकारण उहाँलाई समावेस गरिएको थिएन। सभासद गुप्ता हाल सो पार्टीका केन्द्रीय सदस्य तथा कार्यसम्पादन समिति सदस्य हुनुहुन्छ। कृषि पेशामा समेत आवद्ध गुप्ता भारतबाट इंजिनियरिङमा स्नातक हुनुहुन्छ। संगीत सुन्नु उहाँको रुचिको विषय हो। उहाँका लेख रचना पत्र-पत्रिकामा प्रकाशित हुँदैआएका छन्। इमान्दार युवालाई मौका दिए देशसेवा गर्छ भनेर जनताले आफूलाई सभासदमा विजयी बनाएको बताउने गुप्ताले संविधानसभामा मधेस एक प्रदेशको एजेण्डालाई मुख्य मुद्दाका रुपमा उठाउने अठोट गर्नुभएको छ। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||