|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
तराई मधेश लोकतान्त्रिक पार्टी
दान बाहादुर कुर्मी कपिलवस्तु क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित दानबहादुर कुर्मी चौधरी तराई मधेस लोकतान्त्रिक पार्टीका सभासद हुनुहुन्छ। ५१ वर्षीय चौधरीले पञ्चायत मार्फत २०३९ सालबाट राजनीतिक यात्रा शुरु गर्नुभएको हो। पञ्चायतकालमा पकडी गाउँ पञ्चायतका प्रधानपञ्च रहेका चौधरी त्यसपछि नेपाल सदभावना पार्टीमा सक्रिय हुनुभयो। उहाँ २०५३ सालमा नेकपा―मालेमा प्रवेश गर्नुभयो र जिल्ला कमिटी सदस्यका रुपमा क्रियाशील रहनुभयो। सभासद चौधरी हाल तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ। २०५६ को संसदीय निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. १ बाट एमाले उम्मेदवारका रुपमा उहाँ विजयी हुनुभएको थियो। त्यसअघि २०५१ को निर्वाचनमा पनि उहाँले सदभावना पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएको थियो। पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा जिल्लाको कार्यक्रममा भाग लिंदा उहाँ एक हप्ता सम्म हिरासतमा रहनुभएको छ। आइ.ए. सम्मको अध्ययन गरेका चौधरी ३ छोरा, १ छोरीका पिता हुनुहुन्छ। समाजसेवामा रुचि राख्ने उहाँ नेपाल रेडक्रसका आजीवन सदस्य रहनुभएको छ। मधेसी जनताको मुक्तिका लागि खेलेको भूमिकाले गर्दा जनताले आफूलाई सभासदमा विजयी बनाएको बताउने चौधरी संविधानसभामा मधेसी, जनजाति, आदिवासी, महिला र उपेक्षितहरुको उत्थानको लागि क्रियाशील रहने दृढता व्यक्त गर्नुहुन्छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||