|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
तराई मधेश लोकतान्त्रिक पार्टी
गणेश तिवारी नेपाली मानवधर्ममा विश्वास राख्ने ६४ वर्षीय गणेश तिवारी नेपाली महोत्तरी क्षेत्र नं. ३ बाट निर्वाचित तराई मधेस लोकतान्त्रिक पार्टीका सभासद हुनुहुन्छ। २०२६ सालमा नेपाली कांग्रेसमा आवद्ध भई राजनीति प्रारम्भ गरेका नेपाली २०४२ देखि २०४६ सालसम्म नेपाली कांग्रेस, महोत्तरी जिल्ला सभापति हुनुहुन्थ्यो। उहाँ २०५१ सालमा नेकपा―एमालेमा प्रवेश गर्नुभयो र पार्टी सम्बद्ध किसान संघको अञ्चल इन्चार्ज तथा पार्टी अञ्चल कमिटी सदस्य रहनुभयो। २०५६ को संसदीय निर्वाचनमा उहाँ महोत्तरी क्षेत्र नं. ३ मा एमालेका उम्मेदवार हुनुहुन्थ्यो। राजनीतिक संघर्षका क्रममा २०२७ सालको नौ महीने जेलयात्रा समेत उहाँले कुल १० वर्ष जेलजीवन बिताइसक्नुभएको छ। पछिल्ला दिनमा तमलोपा प्रवेश गरेका उहाँ हाल पार्टी केन्द्रीय सदस्य हुनुहुन्छ। भारतबाट भूगोलका स्नातक नेपाली २ छोराका पिता हुनुहुन्छ। कृषि पेशामा आवद्ध उहाँको रुचि समाजसेवामा छ। मधेसी जनताको अधिकारका लागि खेलेको भूमिकाले आफू सभासदमा विजयी भएको बताउने नेपालीले संविधानसभामा प्रमुखतासाथ उठाउने अठोट गरेका दुई मुद्दा हुन्― क. संघीय राज्यप्रणालीको निर्माण, ख. राज्यको सबै अंगमा समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||