|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
तराई मधेश लोकतान्त्रिक पार्टी
जितेन्द्र प्रसाद सोनार सोनाल' उपनामबाट परिचित जितेन्द्र प्रसाद सोनार बारा क्षेत्र नं. ४ बाट निर्वाचित तराई मधेस लोकतान्त्रिक पार्टीका सभासद हुनुहुन्छ। ३८ वर्षीय सोनारले विद्यार्थी राजनीति मार्फत २०४२ सालमा राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो। २०४७ सालमा सदभावना पार्टी प्रवेश गरेका सोनार सो पार्टीको नेतृत्वमा संविधान जलाउने कार्यमा सक्रिय रहँदा २०५४ सालमा थुनामा पर्नुभएको थियो। पछि उहाँ मधेसी जनअधिकार फोरममा प्रवेश गर्नुभयो र पार्टीको केन्द्रीय महासचिव तथा युवा साखाको अध्यक्षको रुपमा क्रियाशील रहनुभयो। त्यसपछि तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका सभासद सोनार हाल पार्टीका केन्द्रीय सम्पादन समिति सदस्य हुनुहुन्छ। त्रिभुवन बिश्वविद्यालयवाट समाजशास्त्रमा स्नातकोत्तर सोनार तीन छोराका पिता हुनुहुन्छ। अध्ययनमा उहाँको रुचि छ। शुरुदेखि नै मधेस आन्दोलनमा लागेको र मधेसी जनताको हितमा संलग्न भएकोले जनताले आफूलाई सभासदमा विजयी बनाएको उहाँको आकलन छ। सभासद सोनारले गणतन्त्र संस्थागत गर्ने र राज्यको पुनः संरचना गरी संघीयताको खाका कोर्ने मुद्दालाई संविधानसभामा प्रमुखतासाथ अघि वढाउने अठोट गर्नुभएको छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||