|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
तराई मधेश लोकतान्त्रिक पार्टी
महेन्द्र प्रसाद यादव महेन्द्र प्रसाद यादव तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का सभासद हुनुहुन्छ। सर्लाही, वसन्तपुर निवासी उहाँ समानुपतिक तर्फ संविधानसभा सदस्य बन्नुभएको हो। ५४ वर्षीय यादव २०३६ सालदेखि राजनीतिमा संलग्न हुनुहुन्छ। उहाँ २०३७ सालमा नेकपा―मानन्धर समूहमा हुनुहुन्थ्यो, २०४८ सालमा एमाले प्रवेश गर्नुभयो र २०६३ सालमा एमाले छोडेर तमलोपा प्रवेश गर्नुभयो। एमालेमा छँदा उहाँ पार्टी केन्द्रीय समिति सदस्य तथा सल्लाहकार समूहको सदस्य हुनुहुन्थ्यो भने हाल तमलोपा केन्द्रीय सदस्य हुनुहुन्छ। २०५१ र २०५६ का संसदीय निर्वाचनमा उहाँ एमालेको तर्फबाट सर्लाही क्षेत्र नं.१ बाट निर्वाचित हुनुभएको थियो। सभासद यादव व्यवस्थापिका―संसदमा पनि हुनुहुन्थ्यो। तीन छोरी, तीन छोराका पिता महेन्द्र प्रसाद यादवले एसएलसी सम्मको अध्ययन गर्नुभएको छ। तराई स्वायत्त नभएसम्म मधेसी जनताको हित हुन सक्दैन भन्ने धारणा राख्ने यादवको रुचि समाजसेवामा छ। संविधानसभामा उहाँले उठाउने दुई प्रमुख मुद्दा हुन्― क. शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने, ख. प्रादेशिक स्वायत्तता सहित राज्यको पुनः संरचना गर्ने। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||