नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभा सदस्यहरु
नेपाल कम्युनिस्ट पार्टी (एकिकृत)

चन्द्र देव जोशी

नेकपा संयुक्तका केन्द्रीय अध्यक्ष चन्द्रदेव जोशी संविधानसभामा समानुपातिक तर्फका  सभासद हुनुहुन्छ। ७० वर्षीय जोशी पाँच दशक अघि अर्थात् २०१४ सालदेखि राजनीतिमा निरन्तर क्रियाशील रहँदै आउनुभएको छ। जनमैत्री विश्वविद्यालय, मस्को (रुस) बाट मेकानिकल इंजिनीयरिङमा स्नातकोत्तर जोशी तीन छोराका पिता हुनुहुन्छ। दार्चुला जिल्ला, शंकरपुर बस्तीमा जन्मनुभएका उहाँ काठमाडौंमा बसोबास गर्नुहुन्छ। अध्ययन, अध्यापन, लेखन तथा सामाजिक कार्यमा उहाँको विशेष रुचि छ र राजनीति बाहेक इंजिनीयरिङ उहाँको पेशा हो।  

गाउँमा विद्यमान गरीबी, विभेद तथा थिचोमिचोका कारण विरोधको भावना जागृत भएर राजनीतिमा सक्रिय भएका जोशी २०१४ सालमा नेपाली कांग्रेसमा हुनुहुन्थ्यो। त्यसपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा क्रियाशील रहँदै पछिल्लो समयमा नेकपा-प्रजातन्त्रवादी सँग सम्बद्ध रहनुभयो जसले हाल नेकपा संयुक्तको नाम लिएको छ। सोही पार्टीको तर्फबाट २०४८ सालमा उहाँ प्रतिनिधिसभाका उम्मेदवार हुनुहुन्थ्यो। २०४२ सालको बमकाण्डमा आरोपित भएर जोशीले पुलिस खोरमा ११ महिना बन्दी जीवन बिताउनुभएको थियो। 

आफ्नो स्थिर राजनीतिक अडान, वैचारिक स्पष्टता र व्यापक जनसम्पर्कले संविधानसभामा पुर्‍याएको ठान्ने जोशीले पार्टीभित्र खास गरी वैचारिक विभाग र पार्टी शिक्षाको जिम्मेदारी सम्हाल्दै आउनुभएको छ। अखण्ड नेपालभित्र संघीय संरचना तथा सबैको पहुँच र सहभागिता हुने गरी समावेशीकरणको सुनिश्चितता उहाँले संविधानसभामा प्रमुखतासाथ उठाउने अठोट गरेका दुई मुद्दा हुन्। देशको अखण्डता, स्वाभिमान, स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्दै सबैको साझा नेपाल बनाउने अभियानमा लाग्न उहाँ सबैलाई आग्रह गर्नुहुन्छ। 

संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प
2009-09-18
निवर्तमान प्रधानसेनापती रुकमाङगत कटवालको कारवाही प्रकृयामा उनको पद थमौती गर्ने राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले अब संविधानमै संसोधनको अर्को नयाँ विकल्प अघि सारेको छ। नयाँ सरकार गठन प्रर्कयाबारे बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions