|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभा सदस्यहरु
नेपाल कम्युनिस्ट पार्टी (एकिकृत)
सुनिल बाबु पन्त संविधानसभामा यौनिक अल्पसंख्यकलाई प्रतिनिधित्व गर्ने एकमात्र सभासद् हुनुहुन्छ सुनिलबाबु पन्त। समलिङ्गीका लागि विवाह गर्ने कानून नेपालमा नभएकोले ३५ वर्षीय पन्त अविवाहित हुनुहुन्छ। उहाँ नेकपा (संयुक्त)बाट संविधानसभामा चयन गरिनुभएको हो। अल्पसंख्यक (खास गरी यौनिक अल्पसंख्यक) को संवैधानिक संरक्षण तथा पहिचान र उनीहरुले आत्मनिर्णय गर्न पाउनुपर्ने अधिकारका मुद्दाहरुलाई संविधानसभामा प्रमुखताका साथ उठाउने उहाँको अठोट छ। वेलारुस पोलिटेक्निक एकेडेमीबाट कम्प्युटर विषयमा स्नातकोत्तर गर्नुभएका पन्तको रुचि समाजसेवामा छ। उहाँ यौनिक अल्पसंख्यकहरुको संस्था नील हिरा समाज सँग सम्बद्ध हुनुहुन्छ र त्यसको अध्यक्षको जिम्मेदारी समेत सम्हालिसक्नु भएको छ। यौनिकता, लैंगिकता र त्यसको परिभाषा जस्ता विषयमा विभिन्न पन्तका लेखहरु प्रकाशित हुँदै आएका छन्। गोरखा, गाइखुरमा जन्मी काठमाडौं, लाजिम्पाटमा बसोबास गर्ने सुनिलबाबु पन्तको रुचिको विषय हो-ध्यान गर्नु। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||