|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभामा राजनीतिक दलहरु
चुरे भावर राष्ट्रिय एकता पार्टी पार्टीका रूपमा दर्ता हुनुअघि चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल चुरे भावर राष्ट्रिय एकता समाजका रूपमा थियो। यो समाज पहाड र हिमाली भेगबाट तराई आई बसोबास गरेका पहाडियाहरूमाथि मधेसी सशस्त्र समूहहरूले आक्रमण गर्न थालेपछि गठन गरिएको थियो। तराईमा बसोबास गर्ने पहाडी मूलका जनताको बचाउका लागि अस्तित्वमा आएको यस पार्टीले चुरे भावर क्षेत्रको स्वायत्तता माग गरेको छ। यो पार्टी र सरकारबीच वि स २०६४ पुसमा नौ बुँदे सहमतिमा हस्ताक्षर गरिएको थियो र त्यसपछि यसले निर्वाचनमा भाग लिने निर्णय गरेको थियो। यस पार्टीको कार्यकारी समितिमा अध्यक्ष केशव मैनालीका अतिरिक्त उपाध्यक्ष, महासचिव, सहसचिव, कोषाध्यक्ष र एक जना प्रवक्ता रहेका छन्। पार्टीको केन्द्रीय समितिमा ६४ जना सदस्य रहेका छन्। यस पार्टीले राजतन्त्रको भाग्य जनमत सङ्ग्रहद्वारा निर्धारण गरिनुपर्ने माग गरेको थियो। यसैगरी, नेपाल धर्म निरपेक्ष राष्ट्र हुने वा हिन्दू राज्य रहने भन्ने बारे पनि सोही प्रक्रियाबाट तय गरिनुपर्ने धारणा राख्दछ। यस पार्टीले जातीय आधारमा होइन भौगोलिक र स्रोतको वितरणका आधारमा सङ्घीय एकाइहरूको विभाजन गरिनुपर्ने मान्यता राखेको छ। यस पार्टीले संविधानसभा निर्वाचनमा एक सिट जितेको छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||