नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभामा राजनीतिक दलहरु
नेपाल कम्युनिष्ट पार्टी - मार्क्सवादी लेनिनवादी (नेकपा-माले)

एमालेजस्तै नेकपा-मालेको उत्पत्ति सन् १९४९ मा नेपालमा राणा तानाशाही शासन ढाल्ने उद्देश्यका साथ कम्युनिष्ट पार्टीको स्थापना भएसँगै जोडिन्छ। सन् १९९८ मा नेपाल-भारत महाकाली नदी सन्धिलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विवाद उठेपछि नेकपा-एमाले पार्टीभित्रको महाकाली नदी सन्धिविरोधी ४६ जना सांसद्‍हरुको समूहले नेपाल कम्युनिष्ट पार्टी - मार्क्सवादी-लेनिनवादी (नेकपा-माले) नामको अलग्गै पा‌र्टी गठन गर्‍यो । सन् १९९९ को निर्वाचनमा फूटका कारण निराशाजनक परिणाम प्राप्त भएपछि यी दुवै पार्टी सन् २००२ मा पुनः एकीकरण भए।

यसरी दुई पार्टी एकीकरण भएपनि नेकपा-मालेभित्रको एउटा समुह नेकपा-मालेकै हैसियतमा रहिरह्यो, जुन आज सातदलीय गठबन्धनको एक घटकका रुपमा रहेको छ । यसको नेतृत्व सिपी मैनालीले गरेका छन्। यस पार्टीले वि स २०५६ को निर्वाचनमा भाग लिएर देशव्यापी कुल मतको छ प्रतिशत मत पायो, तर एउटै पनि सिट जित्‍न भने सकेन। सन् १९९९ मा पार्टीले एक जना सदस्य माथिल्लो सदन राष्ट्रिय सभामा निर्वाचित गर्‍यो। वि स २०६४ को संविधानसभा निर्वाचनमा यस पार्टीले प्रत्यक्षतर्फ एउटै सिट नजिते पनि समानुपातिक आधारमा आठ सिट हासिल गरेको छ।


संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions