|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभामा राजनीतिक दलहरु
नेपाल कम्युनिष्ट पार्टी - संयुक्त वि स २०४७ मा गठन भएको नेकपा-संयुक्तले मार्क्सवाद-लेनिनवादलाई आफ्नो निर्देशक सिद्धान्त मान्दछ। यो पार्टी वि स २०४७ मा नेपाल कम्युनिष्ट पार्टी-प्रजातान्त्रिकका नाममा दर्ता भएको थियो। तीन वटा कम्युनिष्ट पार्टीहरू नेकपा-प्रजातान्त्रिक, नेकपा-वर्मा र नेकपा-तुल्सीलाल मिलेर विष्णुबहादुर मानन्धरको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी-संयुक्त गठन गरेका थिए। वि स २०६२ मा यस पार्टीले नेपाल कम्युनिष्ट पार्टी-मार्क्सवादीसँग कार्यगत एकता कायम गर्यो र पार्टीको नाम नेकपा-संयुक्तबाट नेकपा-संयुक्त मार्क्सवादी बनाइयो। तर यो सहकार्य लामो समय कायम रहेन, दुई पार्टीहरू विभाजित भए। वि स २०६३ मा नेकपा-संयुक्त, एन।के। प्रसाईंको नेकपा-एकता केन्द्र र नेकपा-माले मिलेर संयुक्त वाममोर्चा निर्माण गरे। वाममोर्चा सातदलीय गठबन्धनको एक घटक बन्न पुग्यो। वि स २०६४ को निर्वाचनपूर्व एन।के। प्रसाईंले नेतृत्व गरेको नेकपा-एकता केन्द्र नेकपा-माओवादीसँग विलय भयो। बाँकी दुई वटा पार्टी अहिले स्वतन्त्र पार्टीको रूपमा रहेका छन्। यस पार्टीले नेपालमा लोकतन्त्र संस्थागत नभएसम्म वाम शक्तिहरूले प्रजातान्त्रिक शक्तिहरूसँग मिलेर काम गर्नुपर्छ भन्ने विश्वास गर्दछ। संविधानसभा निर्वाचनका लागि यस पार्टीले प्रत्यक्षतर्फ एक र समानुपातिक प्रणालीतर्फ सात जना समलिङ्गी उमेद्वारहरूलाई उठाएको थियो। चन्द्रदेव जोशी यस पार्टीका अध्यक्ष र गणेश शाह महासचिव हुन् भने पार्टीमा तीन जना सचिवालय सदस्यहरू छन्, यस पार्टीको केन्द्रीय समिति १७ सदस्यीय रहेको छ। यस पार्टीले आलङ्कारिक राष्ट्रप्रमुख र प्रधानमन्त्री मुख्य कार्यकारी हुने
व्यवस्था परिकल्पना गरेको छ। यस पार्टीको सङ्घीयतासम्बन्धी धारणा अस्पष्ट रहेको छ।
यस पार्टीले सन् १९९१ को निर्वाचनमा कम्युनिष्ट पार्टी-प्रजातान्त्रिकका नाममा दुई
सिटमा विजय हासिल गरेको थियो। सन् १९९४ को निर्वाचनमा दुवै सिट गुमाए । पार्टीको
सदस्य गणेश शाहले व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गरेका थिए। यस पार्टीले
संविधानसभा निर्वाचनमा पाँच सिटमा विजय हासिल गरेको छ।
|
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||