नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभामा राजनीतिक दलहरु
नेपाली काङ्ग्रेस (नेका)

नेपाली काङ्ग्रेस (नेका) सन् १९५० को अप्रिल ९ मा भारतको कलकत्तामा स्थापना भएको थियो। एक सय वर्षसम्म नेपालमा जहानियाँ शासन गरेको राणाहरुको दमनकारी सरकारका कारण निर्वासनका रहेका प्रजातान्त्रिक कार्यकर्ताहरू नै यस पार्टीलाई मुख्य समर्थन गर्दथे ।

वि स २००७ मा त्यतिखेरै स्वतन्त्र भएको भारतको दबाब र नेका कार्यकर्ताको गतिशीलताका कारण राणा सरकार ढल्यो। वि स २०१५ मा भएको पहिलो आम निर्वाचनमा विजयी भएर नेकाले सरकार गठन गरे पनि आन्तरिक सङ्घर्षले गर्दा सरकार प्रभावकारी हुन सकेन।

काग्रेसको सरकारलाई गलहत्याई राजा महेन्द्रले शासन लिए र वि स २०१७ मा पार्टीलाई भूमिगत हुन बाध्य पारियो। राजा महेन्द्रले आफ्नै नियन्त्रणमा पञ्चायत नामको एकदलीय तानाशाही व्यवस्थाको सूत्रपात गरे। काङ्ग्रेस कार्यकर्ताहरू शान्तिपूर्ण तथा सशस्त्र विद्रोहद्वारा प्रजातान्त्रिक आन्दोलन पुनः थालनी गर्न भारतमा भेला भए।

वि स २०४६ को माघमा नेका, कम्युनिष्ट पार्टीहरूको सातदलीय मोर्चामा मिसियो र प्रजातन्त्र पुनर्स्थापनाको आह्वान गर्दै राष्ट्रव्यापी आन्दोलनको उद्‍घोष गर्‍यो। आन्दोलनको सफलतापश्चात वि स २०४८ को निर्वाचनमा नेकाले बहुमतको सरकार निर्माण गर्‍यो। वि स २०५१ को मध्यावधि निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी-लेनिनवादी (एमाले) भन्दा पछि पर्‍यो। एमालेले नौ महिनासम्म अल्पमतको सरकारको नेतृत्व गर्‍यो। त्यसपछि नेकाले २०५६ साल बैशाखको निर्वाचनसम्म दुई वटा गठबन्धन सरकारको नेतृत्व गर्‍यो। यस निर्वाचनमा नेकाले बहुमत हासिल गर्‍यो।

वि स २०५७ मा यो पार्टी दुई वटा खेमामा विभाजित भयो । संस्थापन पक्ष, नेपाली काङ्ग्रेसको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरे भने नेपाली काङ्ग्रेस-प्रजातान्त्रिक (नेका-प्र) नाममा विभाजन भएको नयाँ समुहको नेतृत्व शेरबहादुर देउवाले गरे। यी दुवैले पहिल्यै प्रधानमन्त्रीका रूपमा काम गरिसकेका थिए र यो विभाजनमा सैद्धान्तिक मतभेदभन्दा व्यक्तित्वको टकराव देखिन्थ्यो। यी दुवै काङ्ग्रेस वि स २०६४ मा पुनः एकीकृत भए।

राजा ज्ञानेन्द्रले वि स २०५९ मा निर्वाचित सरकार खारेज गरेर सत्ता हत्याएपछि नेकाले राजाको निरङ्कुश शासनविरुद्ध आन्दोलन थालनी गर्‍यो। पार्टीका कैयौं कार्यकर्ताहरू पटक पटक गिरफ्तार गरिए। नेका सहितको सातदलीय गठबन्धनले संयुक्त रूपमा नेतृत्व गरेको तथा नेकपा-माओवादीले समर्थन गरेको दोस्रो जनआन्दोलन वि स २०६२,०६३ मा लाखौँलाख जनता सहभागी भए। तीन साताको सडक आन्दोलनपछि शाही सरकार पतन भयो।

नेका वि स २०४७ देखिका १७ वर्षमध्ये १२ वर्षभन्दा धेरै अवधि सरकारमा रह्यो भने माओवादी गृहयुद्ध अन्त्य गर्ने तथा वि स २०६४ को चैतमा सम्पन्न संविधानसभा निर्वाचन सम्पन्न गर्ने सातदलीय गठबन्धन सरकारमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्‍यो। नेका स्थापनाकालदेखि नै पटक पटक आन्तरिक द्वन्द्वको मारमा परेको छ। पार्टीको उदाहरणीय इतिहास र अघिल्ला महान् नेतामा भर परेको नेका यस अवस्थामा आइपुग्दासम्म पार्टीलाई आधुनिकीकरण गर्न र अग्रगामी प्लेटफर्मका रूपमा विकसित गर्न असफल रहिआएको बताइन्छ।

नेपाली काङ्ग्रेसका संस्थापक नेता विपी कोइरालाले नेकालाई एउटा प्रजातान्त्रिक समाजवादी पार्टीको रूपमा परिकल्पना गरेका थिए। नेपाली काङ्ग्रेस प्रजातान्त्रिक समाजवादीहरू र सामाजिक प्रजातान्त्रिक पार्टीहरूको विश्‍वव्यापी समूहको सदस्य पनि हो, तर सरकारमा नेकाले नवउदारवादी आर्थिक नीतिनिर्देशनहरू अपनाउँदै प्रायः दक्षिणपन्थी पार्टीका रूपमा व्यवहार गर्दै आएको छ। संस्थापन पार्टीका रूपमा चिनिएको नेकाले नेपाललाई सङ्घीय गणतन्त्र घोषणा गर्नेजस्ता माओवादी मागहरूलाई पछ्याउने निर्णय लिएकाले गर्दा यस पार्टीको छवि धमिल्लियो र पार्टीका कैयौं समर्थकहरूलाई विमुख भए भन्ने आरोप पनि यस पार्टीलाई लाग्ने गरेको छ।

यस पार्टीका सभापतिमा गिरिजाप्रसाद कोइराला, कार्यवाहक सभापतिमा सुशील कोइराला, तथा उप-सभापतिहरूमा रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ र प्रकाशमान सिंह छन्। यसैगरी, विमलेन्द्र निधि, रामवरण यादव र के।बी। गुरुङ पार्टीका महामन्त्रीहरू हुन्। अर्जुननरसिंह केसी पार्टी प्रवक्ता हुन्। ३६ जना आमन्त्रितसमेत गरी यस पार्टीको केन्द्रीय समितिमा कुल ७२ जना सदस्य छन्।

नेका घोषणापत्रले अप्रत्यक्ष रूपले निर्वाचित हुने राष्ट्रपति र प्रत्यक्ष रूपले निर्वाचित हुने प्रधानमन्त्री कार्यकारी प्रमुख हुने प्रणाली प्रस्ताव गरेको छ। यो पार्टी बहुलवाद, राष्ट्रिय अखण्डता, भौगोलिकता, जनसङ्ख्या, प्राकृतिक स्रोत तथा आर्थिक सम्भाव्यताका आधारमा स्वायत्त सङ्घीय राज्यव्यवस्थाको पक्षमा रहेको छ। सङ्घीय राज्यहरूको सङ्ख्या र आकार राज्य पुनस्संरचना आयोगको सिफारिसमा संविधानसभाले निधो गर्ने नेकाको घोषणापत्रमा उल्लेख छ।

वि स २०१५ को संसदीय निर्वाचनमा नेकाले एक सय नौमध्ये ७४ सिट जितेको थियो। जनआन्दोलनको सफलतापछि वि स २०४८ मा भएको निर्वाचनमा नेकाले प्रतिनिधिसभाका दुई सय पाँच सिटमध्ये एक सय बाह्र सिट हासिल गर्‍यो। वि स २०५१ को निर्वाचनमा कुल दुई सय पाँच सिटमध्ये नेकाले ८३ सिट आफ्नो पक्षमा पार्न सफल भयो। त्यस्तै, वि स २०५६ को निर्वाचनमा नेकाले दुई सय पाँचमध्ये एक सय तेह्र सिट जितेर पुनः बहुमत हात पार्‍यो। यी निर्वाचनमा पार्टीको मजबूती यसले अवलम्बन गरेको उदारवादी नीतिका कारण जनताले पार्टीप्रति अनुभूति गरेको सहजताबाट प्राप्त भएको थियो।

वि स २०६४ को संविधानसभा निर्वाचनको मतपरिणाम हेर्दा नेकाको प्रभावमा नाटकीय गिरावट आएको देखियो। नेकाले संविधानसभाका छ सय एक सीटमध्ये एक सय दस सिटमा मात्र विजय हासिल गर्‍यो। अलोकप्रिय उमेद्‍वारहरू, तराईको परम्परागत आधार इलाकामा पार्टीप्रति समर्थन कायम राख्‍न असफल हुनु र समाजको तल्लो तहका जनतासँगको सम्बन्ध टुट्नु नेकाको अनपेक्षित पराजयका केही कारण हुन्। यस निर्वाचनमा पार्टीका कार्यवाहक सभापति सुशील कोइराला, प्रधानमन्त्रीपुत्री सुजाता कोइराला र भतिजा शेखर कोइरालालगायत कोइराला परिवारका धेरै सदस्यहरू पराजित भए। पार्टी सभापति कोइराला प्रत्यक्ष निर्वाचनका प्रत्याशी बनेनन्स उनको नाम पार्टीको समानुपातिक सूचीमा समावेश गरिएको थियो।

www.nepalicongress.org


संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions