नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभामा राजनीतिक दलहरु
दलित जनजाति पार्टी

यो पार्टी सन् २००३ मा नेकपा ९एमाले० का पूर्व केन्द्रीय समिति सदस्य विश्‍वेन्द्र पासवानद्वारा दलित, आदिवासी जनजाति तथा सीमान्तीकृत जनताको पक्षमा आवाज उठाउन स्थापना गरिएको थियो। पूर्वी तराईका १० वटा जिल्लामा संगठित यो पार्टीका अधिकांश सदस्य दलित भए पनि नेवार, तामाङ, गुरुङ, शाह र राई पनि छन्। विश्‍वेन्द्र पाशवान यस पार्टीका अध्यक्ष रहेका छन् भने उपाध्यक्ष विष्णु वि।के।, महासचिव ठाकुरचन्द्र घटराज रहेका छन्स पार्टीमा एक जना कोषाध्यक्ष र १३ सदस्यीय केन्द्रीय समिति रहेको छ।

यस पार्टीले भारतको जस्तै आलङ्कारिक राष्ट्रप्रमुख अप्रत्यक्ष रूपले निर्वाचित हुने प्रणालीको आह्वान गरेको छ। जातीय आधारमा सङ्घीय एकाइ विभाजित हुनुपर्ने र राज्यका सम्पूर्ण निकायमा दलितलाई १३ प्रतिशत आरक्षण हुनुपर्ने यस पार्टीको धारणा रहेको छ। यस पार्टीले संविधानसभा निर्वाचनमा एक सिट जितेको छ।


संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions