नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभामा राजनीतिक दलहरु
जनमोर्चा नेपाल

जनमोर्चा नेपाल अथवा संयुक्त जनमोर्चा नेपाल (संजमो नेपाल) वि स २०४७ मा बाबुराम भट्टराईको संयोजकत्वमा निर्माण भएको थियो। यसले वि स २०४८ को संसदीय निर्वाचनमा भाग लिने निधो गरेपछि संजमो नेपाल, बाबुराम भट्टराईकै शब्दमा, निर्वाचनले 'संसदीय प्रणालीमा रहेका त्रुटिहरू उजागर गर्दछु' भन्दै भूमिगत एकता केन्द्रबाट विभाजित भयो। संयुक्त जनमोर्चा नेपालले अर्ध-भूमिगत क्रान्तिकारी पार्टीको राजनीतिक मोर्चाका रूपमा काम गरिरह्यो र वि स २०४८ को निर्वाचनमा नौ सिटमा विजय हासिल गर्‍यो। वि स २०५१ मा भट्टराईले पार्टी छोडे र एकता केन्द्रको प्रचण्ड समूहसँग मिल्न पुगे।

यो पार्टी मार्क्सवाद, लेनिनवाद र माओवादप्रति आस्थावान् छ र औद्योगिक श्रमिक शक्तिमा यसको आधारभूमि रहेको छ।

अमिक शेरचन यस पार्टीका अध्यक्ष हुन्स पार्टीमा पाँच वटा उपाध्यक्षहरू, एक महासचिव, दुई सचिवहरू, एक कोषाध्यक्ष र ४८ सदस्यीय केन्द्रीय समिति छ।

यस पार्टीले सबै संसदीय निर्वाचनहरूमा भाग लिएको छ, वि स २०४८ मा नौ सिट र वि स २०५६ मा एक सिट जितेको छ। संविधानसभा निर्वाचनमा यस पार्टीले सात सिट जितेको छ।


संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions