नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभामा राजनीतिक दलहरु
राष्ट्रिय जनशक्ति पार्टी (राजपा)

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सूर्यबहादुर थापाले सन् २००४ को नोभेम्बरमा पार्टी परित्याग गरी सन् २००५ को मार्चमा नयाँ पार्टी राष्ट्रिय जनशक्ति पार्टी (राजपा) स्थापना गरे। सन् २००५ को फेब्रुअरीमा राजाले 'कू' गरेपछि सक्रिय राजतन्त्र र गणतन्त्रका बीचको अवस्थाको वकालत गरेर राजपाले आफूलाई दक्षिणपन्थी पार्टीको रूपमा प्रस्तुत गर्‍यो। सन् २००६ को नोभेम्बरमा केशरबहादुर विष्टले नेतृत्व गरेको प्रजातान्त्रिक नेपाल पार्टी राजपामा मिल्योस विष्ट राजपाका महासचिव बने।

सूर्यबहादुर थापा यस पार्टीका अध्यक्ष, प्रकाशचन्द्र लोहनी उपाध्यक्ष र बुद्धिमान तामाङ सचिव रहेका थिए। अन्य प्रमुख सदस्यहरूमा कमल थापा, हरिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ल र रेणु यादव थिए। निर्वाचन अघि नै सर्वेन्द्रनाथ शुक्ल तमलोपा र रेणु यादव मधेशी जनाधिकार फोरम प्रवेश गरे । संविधानसभा निर्वाचनमा यस पार्टीले प्रत्यक्षतर्फ कुनै पनि सिट जित्‍न नसकेपछि पार्टीको केन्द्रीय समिति विगठन गरिएको छ।

राजपाले वि स २०६२ मा राजा ज्ञानेन्द्रको सरकारले आयोजना गरेको नगरपालिका निर्वाचन बहिस्कार गरेको थियो । यस पार्टीले संविधानसभा निर्वाचनमा तीन सिट जितेको छ।


संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions