नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभामा राजनीतिक दलहरु
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च जातीय आधारमा राई, लिम्बू र तामाङको प्रतिनिधित्व गर्ने समूहहरू सङ्घीय लिम्बुवान राज्य परिषद्, तामाङस्यालिङ स्वायत्त राज्य परिषद् र संयुक्त थारु राष्ट्रिय मोर्चाको प्रतिनिधित्व गर्ने छाता सङ्गठन हो। वि स २०६४ को पुसमा यो सङ्गठन राजनीतिक पार्टीका रूपमा दर्ता भएको थियो। यस मञ्चले राजतन्त्रको उन्मूलन, जातीय आधारमा पूर्ण समानुपातिक निर्वाचन र आत्मनिर्णयको अधिकारका पक्षमा आवाज उठाउँदै आएको छ। वि स २०६४ को संविधानसभा निर्वाचनमा यस पार्टीले उल्लिखित कुराहरूलाई पूर्वशर्तका रूपमा प्रस्तुत गरेको थियो। यस पार्टीले माओवादीले जस्तै जातीय आधारमा १३ वटा स्वायत्त क्षेत्रको प्रस्ताव गरेको छ।

यस मोर्चाले हरेक मोर्चा सङ्गठनबाट क्रमैसँग अध्यक्ष हुने व्यवस्थासहित आफूलाई सङ्घीय प्रजातान्त्रिक पार्टीका रूपमा परिभाषित गर्दछ। वर्तमान अध्यक्ष राई मोर्चाबाट कमल चराहाङ हुन्स उनी तामाङस्यालिङ स्वायत्त राज्य परिषद्का डी।के। बुद्धिष्टद्वारा प्रतिस्थापित हुनेछन्। खगेन्द्र माथिङ मञ्चका सचिव हुन्, महासति कुमार लिङ्देन अर्थ सचिव, सिङ्घुमान तामाङ कोषाध्यक्ष र रवीन्द्र थिङ प्रवक्ता हुन्। केन्द्रीय समितिमा २१ सदस्य छन्।

यस मोर्चाले वि स २०५६ को निर्वाचनमा जनमुक्ति पार्टीको नामबाट सहभागी भए पनि कुनै सिट जित्‍न सकेको थिएनस संविधानसभाको निर्वाचनमा भने यसले दुई सिट जितेको छ।


संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प
2009-09-18
निवर्तमान प्रधानसेनापती रुकमाङगत कटवालको कारवाही प्रकृयामा उनको पद थमौती गर्ने राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले अब संविधानमै संसोधनको अर्को नयाँ विकल्प अघि सारेको छ। नयाँ सरकार गठन प्रर्कयाबारे बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions