|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभामा राजनीतिक दलहरु
तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को गठन वि स २०६४ को माघमा भएको हो । त्यतिबेला नेकाका तर्फबाट क्याबिनेट मन्त्री महन्थ ठाकुरले मूलधारका पार्टीलाई राज्यका निकायमा मधेसीको न्यून-प्रतिनिधित्वप्रति असंवेदनशील रहेको आरोप लगाउँदै पदबाट राजीनामा दिएर यसको गठन गरेका थिए। यस पार्टीको उदय पहाडियाको प्रभुत्व रहेका मूलधारका पार्टीप्रति मधेशीको भित्रैदेखि मोहभङ्ग भएको स्थितिमा भएको थियो। जनवरीमा यसको गठन भएपछि तत्कालै नेपाललाई यथाशीघ्र सङ्घीय गणतन्त्र घोषणा गर्नुपर्ने, सिङ्गो तराई-मधेस प्रदेशलाई स्वायत्तता दिइनुपर्ने र सेनालगायत राज्यका संरचनामा जातीय समुदायलाई समानुपातिक प्रतिनिधित्व गरिनुपर्नेजस्ता ११ बुँदे मागपत्र जनवरी १८ भित्रमा पूरा हुनुपर्ने अल्मिटेम प्रधानमन्त्री कोइरालालाई दिएको थियो। सरकारले तोकिएको मितिमा माग पूरा नगरेपछि तमलोपाले सद्भावना पार्टी र मजफोसँग मिलेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नामको एउटा गठबन्धन निर्माण गर्यो र काठमाडौंलाई नाकाबन्दी लगाउने गरी दुई हप्ते आम हडताल आयोजना गर्यो। फेब्रुअरीमा गठबन्धनका केही मागहरू पूरा गर्ने प्रतिबद्धतासहित सरकारसँग आठ बुँदे सहमतिमा हस्ताक्षर गरियो। तमलोपा सैद्धान्तिक रूपले प्रजातान्त्रिक समाजवादप्रति आस्था राख्दछ तथापि व्यवहारमा क्षेत्रीय सरोकार यसको मुख्य निर्देशक सिद्धान्त हो। अध्यक्ष महन्थ ठाकुरले सात सदस्यीय केन्द्रीय समिति रहेको यस पार्टीको नेतृत्व गर्दछन्। तमलोपा व्यवस्थापिकाबाट अप्रत्यक्ष रूपले निर्वाचित हुने आलङ्कारिक राष्ट्रपति राष्ट्रप्रमुख हुने प्रणालीको पक्षमा रहेको छ। यस पार्टीले सङ्घीय व्यवस्थाभित्र एउटा स्वायत्त तराई राज्यको पक्षमा वकालत गर्दछ। ुएक मधेस एक प्रदेशु को नारा तमलोपाद्वारा लोकप्रिय बनाइएको थियो। यस पार्टीले संविधानसभा निर्वाचनमा २० सिट जितेको छ तर पार्टी अध्यक्ष ठाकुर आफ्नै निर्वाचन क्षेत्रमा पराजित भए। मजफोका तुलनामा कमजोर सङ्गठन भएको यो पार्टीलाई कम साम्प्रदायिक र कम हिंसात्मक ठानिन्छ। यसका नेताहरू 'उच्च जाति'का भएको हुँदा यसले ब्राह्मण अथवा 'उच्च जाति'को समर्थन पाएको छ। पार्टीको आधार इलाका पूर्वी र मध्य तराई हो। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||