नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभामा राजनीतिक दलहरु
नेपाल लोकतान्त्रिक समाजवादी दल

वि स २०६४ पुसमा दर्ता भएको यो पार्टीले समाजवादी विचारधारालाई लिने नीति लिएको छ। सरकारविरुद्ध आन्दोलन गरिरहेका दलित समेतका जातीय मोर्चा सङ्गठनका सदस्यहरूद्वारा यो पार्टी गठन गरिएको थियो। यो पार्टीका मुख्य मागमा गणतन्त्र, पूर्ण समानुपातिक प्रतिनिधित्व प्रणाली र धर्म निरपेक्ष राज्य लगायत छन्।

यस पार्टीको कार्यकारी समितिमा उपेन्द्र गच्छेदार अध्यक्ष, ज्वाहर चौधरी उपाध्यक्ष, प्रमोद चौधरी महासचिव, देवनारायण चौधरी सचिव र पल्लवी शर्मा कोषाध्यक्ष रहेका छन्। पार्टीको सङ्गठन छ वटा जिल्लाहरू - मोरङ, सुनसरी, सिराहा, सप्तरी, रौतहट र उदयपुरमा सुदृढ रहेको यस्का नेताहरु वताउछन्।

यस पार्टीले प्रतिनिधिसभाको रूपमा पहिलो सदन र जातीय प्रतिनिधिहरूको दोस्रो सदन गरी दुई सदनात्मक व्यवस्थापिकाको प्रस्ताव गरेको छ। प्रतिनिधिसभाले प्रधानमन्त्री चयन गर्नेछ, जसमा सम्पूर्ण कार्यकारी अधिकार रहनेछन् भने जातीय प्रतिनिधिहरूको सभाले राष्ट्रपति चयन गर्नेछ जसले आलङ्कारिक राष्ट्रप्रमुखको कार्यभार सम्हाल्ने छ। यस पार्टीले ऐतिहासिकता, भौगोलिकता, जनसङ्ख्यिक र भाषिक आधारमा नौ वटा सङ्घीय एकाइहरू प्रस्ताव गरेको छ।

यस पार्टीले संविधानसभा निर्वाचनमा एक सिट जितेको छ।


संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions