नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभामा राजनीतिक दलहरु
मधेसी जनअधिकार फोरम (मजफ)

मधेसी जनअधिकार फोरम (मजफ) एउटा गैरसरकारी संस्थाका रूपमा विराटनगरका मधेसी प्राज्ञिक र विद्यार्थीको समूहद्वारा सन् १९९७ मा गठन गरिएको थियो। मधेसीहरू भारतको सीमावर्ती मैदानी भूभाग अर्थात् तराई क्षेत्रमा बाहुल्य भएका जातीय समूहहरू हुन् र तिनीहरूले पहाड र हिमाली भेगबाट आएका जातीय समूहबाट निसृत नेपाली अभिजात्य वर्गबाट भेदभाव सहिआएका बताइन्छ। वि स २०६३ को माघमा तराईमा जातीय विद्रोह सुरु भएपछि उपेन्द्र यादवको नेतृत्वको मजफो मधेसी जनताको नेतृत्व गर्दै राजनीतिक पार्टीको रूपमा दर्ता गरियो। सन् २००७ को अगस्टमा यसले सरकारसँग एउटा सम्झौतामा हस्ताक्षर गर्‍योस यसले पार्टीमा विभाजन निम्त्यायो, एउटा समुहको नेतृत्व उपेन्द्र यादवले नै गरे भने अर्कोको किशोर विश्‍वासले गरे। सातदलीय गठबन्धन सरकारले वि स २०६३ को सम्झौता लागू गर्न असफल भएपछि पार्टी तराईमा आधारित अन्य समूहहरूसँग मिलेर सन् २०६४ को माघमा भएको दोस्रो विद्रोहमा सहभागी भयो।

मजफोले सामाजिक प्रजातन्त्रलाई आफ्नो निर्देशक सिद्धान्त भन्दै आएको छ तर मुख्यतया यो मधेसी अधिकार र प्रतिनिधित्व सुनिश्‍चित गर्न खोज्ने क्षेत्रीयतामा आधारित पार्टी हो।

पार्टी महाधिवेशनको तयारी भइरहँदा यसको कार्यकारी समिति विगठन गरिएको छ। उपेन्द्र यादव महाधिवेशनका लागि संयोजक रहेका छन् भने जयप्रसाद गुप्ता सह-संयोजक रहेका छन्।

मजफोले प्रत्यक्ष रूपमा निर्वाचित भई राष्ट्रप्रमुखको कार्यभार सम्हाल्ने कार्यकारी राष्ट्रपतीय प्रणालीको प्रस्ताव गरेको छ र यसले आत्मनिर्णयको अधिकारसहित सिङ्गो र स्वायत्त मधेस राज्यको माग गरेको छ।

संविधानसभा निर्वाचनमा ५२ सिट ल्याएर मजफो तराईमा आधारितमध्ये सबभन्दा ठूलो पार्टीको रूपमा र देशकै चौथो ठूलो पार्टीको रूपमा देखापरेको छ। मजफोसँग सशक्त सङ्गठन छ र भूमिगत मधेसी समूहहरूसँग यसको साँठगाँठ भएको पनि बताइन्छ। यादव र थारु समुदायमा यसको आधार रहेको छ।

www.mprfnepal.org


संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions