|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभामा राजनीतिक दलहरु
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) नेमकिपा वि स २०३३ मा नारायणमान विजुक्छे, रोहितको नेतृत्वमा गठन भएको थियो। अन्य राजनीतिक पार्टीहरू सरकारमा जान हतारिने भए पनि नेमकिपाले सरकारमा सहभागी हुन निरन्तर अस्वीकार गरिआएको छ। सातदलीय गठबन्धनको एक घटकको हैसियतले वि स २०६३ मा जनआन्दोलनले सफलता पाएपछि सरकारमा कमसेकम एक मन्त्री पाउने स्थिति हुँदा पनि यो पार्टी सरकारमा जान अनिच्छुक रह्यो। मजदुर र किसानहरूको अधिकार स्थापित गर्न स्थापना भएको नेमकिपाले भक्तपुरमा राष्ट्रिय रूपमा औसतभन्दा अधिक उदाहरणीय विकास निर्माणका कार्य गरेको छ। यस पार्टीले आफूलाई राष्ट्रवादी पार्टी भनेर परिभाषित गर्दछ। नेमकिपा सन् १९७० को दशकमा भारत-नेपाल सुस्ता नदी सन्धिको विरोध गर्ने एउटैमात्र पार्टी थियो। यस पार्टीलाई चीनको नजिक रहेको भन्ने ठानिन्छ। नारायणमान विजुक्छेले यस पार्टीको नेतृत्व गर्दछन्, सुनिल प्रजापति पार्टीका सचिव हुन् भने खित्या राई शाक्य कोषाध्यक्ष र प्रेम सुवाल अन्तर्राष्ट्रिय विभाग प्रमुख हुन्। पार्टीको केन्द्रीय समितिमा नौ जना सदस्य रहेका छन्। यस पार्टीले प्रत्यक्ष रूपले निर्वाचित हुने राष्ट्रपति राष्ट्रप्रमुख हुने र
उसले सेनाको समेत नेतृत्व गर्ने व्यवस्थाको प्रस्ताव गरेको छ। यस पार्टीले
प्रान्तीय दायरामा नेपाललाई विभाजन गर्ने वर्तमान अञ्चलको व्यवस्थालाई जनसङ्ख्या र
भौगोलिकताका आधारमा निर्वाचित हुने प्रादेशिक सभाका सदस्यहरूले प्रतिस्थापित गर्ने
प्रस्ताव पनि गरेको छ। नेमकिपाले वि स २०४८, २०५१ र २०५६ मा गरी तीन वटा संसदीय
निर्वाचनमा भाग लियो जसमा उसले क्रमशः दुई, चार र एक सिट जितेको थियो। हालै सम्पन्न
संविधानसभा निर्वाचनमा आफ्नो पकड रहेको भक्तपुरका दुई वटा निर्वाचन क्षेत्रबाट समेत
गरी चार सिट जितेको छ।
|
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||