नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभामा राजनीतिक दलहरु
कम्युनिष्ट पार्टी - माओवादी (नेकपा-माओवादी)

नेकपा-माओवादीस्थापनाको सुरुवात नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) बाट भएको हो ।  वि स‍ २०४७ मा थुप्रै वामपन्थी पार्टीहरूले 'एकता महाधिवेशन' आयोजना गरे, जसले जनयुद्धको थालनी गर्ने र नेपालमा नयाँ जनबादी गर्ने प्रस्ताव पारित गर्‍यो। महाधिवेशनपछि पुष्पकमल दाहाल उर्फ प्रचण्ड महासचिव रहेको नेकपा (चौथो महाधिवेशन) र नेकपा (मशाल) लाई एकीकृत गरी नेकपा (एकता केन्द्र) निर्माण गरियो।

वि‍ स २०५१ मा नेकपा (एकता केन्द्र) प्रचण्डद्वारा नेतृत्व गरिएको र अर्को निर्मल लामाद्वारा नेतृत्व गरिएको गरी दुई समुहमा विभाजित भयो। त्यसैबीचमा संयुक्त जनमोर्चा नेपाल पनि विभाजित भयो। बाबुराम भट्टराईको समुह प्रचण्डको एकता केन्द्र समुहसँग संलग्न हुन गयो भने संयुक्त जनमोर्चा नेपालको निरन्जन गोविन्द वैद्यको समुह नेकपा (एकता केन्द्र) निर्मल लामाको समुहसँग मिल्न गयो। संयुक्त जनमोर्चा नेपालका यी दुवै समुह निर्वाचन आयोगका दर्ताका लागि जाँदा आयोगले निर्मल लामाको समुहलाई मात्र मान्यता दियो। त्यसपछि बाबुराम भट्टराईको संयुक्त जनमोर्चाले २०५१ सालको मध्यावधि निर्वाचन बहिष्कार गर्न आह्वान गर्‍यो।

वि स २०५१ को विभाजनपछि प्रचण्डले नेतृत्व गरेको एकता केन्द्र भूमिगत हुन गयो । वि‍ स २०५१ को चैतमा सम्पन्न तेस्रो पूर्ण बैठकले यस पार्टीको नाम परिवर्तन गरी 'नेपाल कम्युनिष्ट पार्टी-माओवादी' राख्यो । यस पार्टीले संसदीय निर्वाचनलाई आधिकारिक रूपले नै वहिष्कार गर्‍यो र 'जनयुद्ध' को योजना बनाउन थाल्यो। त्यसपछि पार्टीले यसको संरचना परिवर्तन गर्‍यो र वि‍ स २०५२ को भदौमा केन्द्रीय समितिले संविधानसभाको निर्वाचन र सङ्घीय गणतन्त्र समेतका सामाजिक-आर्थिक सुधारका माग राख्दै जनयुद्धको थालनी गर्ने नीति अङ्गाल्यो। नेकपा-माओवादीको जनयुद्ध वि स २०५२ फागुनमा सुरु गरिएको थियो, जुन वि‍ स २०६३ वैशाख सम्म जारी रह्यो।  

वि‍ स २०६२,०६३ को दोस्रो जनआन्दोलनको सफलतासँगै पार्टी खुला राजनीतिमा फर्कियो र त्यतिबेला पुनर्स्थापित बहुदलीय सरकारसँग युद्धविरामको सम्झौता भयो। वि‍ स २०६३ मा मूलधारका राजनीतिक पार्टीहरूको सातदलीय गठबन्धन[1] र नेकपा-माओवादीले बृहत् शान्ति सम्झौता लगायत विभिन्न सम्झौता सम्पन्न गरे । यसले १० वर्षे जनयुद्धलाई औपचारिक रूपमै अन्त्य गरिदियो र नेपाली सेना तथा माओवादीका जनमुक्ति सेना दुवैलाई संयुक्त राष्ट्र सङ्घीय मिसन (अनमिन) को निगरानीमा ब्यारेक अथवा अस्थायी शिविरमा राखियो।  

यस पार्टीले मार्क्सवादी-लेनिनवाद-माओवादी सैद्धान्तिक दृष्टिकोण अनुसरण गर्दछ। वि‍ स २०५८ मा नेकपा-माओवादीले चिनियाँ र रसियाली क्रान्तिकारी सिद्धान्तको फ्यूजन 'प्रचण्ड पथ' अवलम्बन गर्‍यो। 'प्रचण्ड पथ' मार्क्सवादी सिद्धान्तलाई नेपाली सन्दर्भमा लागू गर्ने र क्रान्ति सफल भएपछि पार्टीलाई ग्रसित पार्न सक्ने जडसूत्रवादको चपेटामा फँस्नबाट पार्टीलाई जोगाउने आशयका साथ आएको थियो। 

अध्यक्ष प्रचण्डले यस पार्टीको नेतृत्व गरेका छन् । पार्टीमा पाँच वटा केन्द्रीय ब्यूरोहरू छन्:  त्यस्तै चार सदस्यीय सैन्य ब्यूरो, सात सदस्यीय अग्रमोर्चा ब्यूरो, पाँच सदस्यीय सङ्गठन ब्यूरो, तीन सदस्यीय अन्तराष्ट्रिय  ब्यूरो र चार सदस्यीय अभियान, प्रकाशन र प्रशिक्षण ब्यूरो रहेका छन्।   नेकपा-माओवादीले प्रत्यक्ष रूपले निर्वाचित हुने कार्यकारी राष्ट्रपति र अप्रत्यक्ष रूपले निर्वाचित हुने प्रधानमन्त्रीको प्रणाली प्रस्ताव गरेको छ। पार्टीले जातीय संरचना, भौगोलिकता, भाषिक आधार र आर्थिक संभाव्यताका आधारमा ११ वटा स्वायत्त सङ्घीय राज्य र तीभित्र अन्य दुई उप-राज्यको व्यवस्था प्रस्ताव गरेको छ। सेती-महाकाली र भेरी-कर्णाली राज्यहरू तिनको भौगोलिक समुचितताका आधारमा प्रस्ताव गरिएका हुन् भने बाँकी - मगरात, थारुवान्, लिम्बुवान्, कोचिला र मधेस - जातीयताका आधारमा तय गरिएका हुन्। मधेस स्वायत्त राज्यभित्र तीन वटा उप-राज्य - मिथिला, भोजपुरी र अवध- भाषिक आधारमा प्रस्ताव गरिएका हुन्। 

नेकपा-माओवादी संविधानसभा निर्वाचनका छ सय एक सिटमध्ये अनपेक्षितरूपमा दुई सय बीस सिट जितेर सबभन्दा ठूलो पार्टी बन्यो। पार्टीको परम्परागत आधार किसान, कमैया वर्ग, र सीमान्तीकृत समुदायहरूको समूहमा थियो। तर संविधानसभामा तिनीहरूको सफलताले नयाँ क्षेत्रमा, खासगरी वि‍ स २०४७ पछिका प्रमुख प्रजातान्त्रिक पार्टीहरू, नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी - एकीकृत मार्क्सवादी-लेनिनवादी (एमाले) को विकल्प खोज्ने युवा मतदाताहरूमा पकड रहेको देखियो। नेकपा-माओवादीका कैयौं नेताहरू युवा छन् र तिनीहरू आफ्ना मुख्य प्रतिस्पर्धीका भन्दा फरक पृष्ठभूमिबाट आएका छन्।  

संविधानसभा निर्वाचन सम्पन्न गर्ने जस शान्ति प्रक्रियाको अवधिभर जनताको मत मागेको माओवादीलाई नै जान्छ। यो पार्टी उत्कृष्ट सङ्गठन र सञ्चार संरचना तथा आफ्ना लक्ष्य नछोड्ने विशेषताका लागि उल्लेख्य छ। पार्टीको प्रभावकारिता पनि यसको सैन्य शक्तिबाट र विशाल तथा प्रायः हिंसात्मक भएको आरोप लाग्ने गरेकप युवा पङ्क्ति, योङ्ग कम्युनिष्ट लिगबाट आउँछ जसले नेपालभरि वि‍ स २०६२ देखि दरिलो नियन्त्रण कायम राखेको छ र यसलाई व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा हक जमाउनेदेखि आक्रमण गर्नेसम्मका गतिविधिमा संलग्न भएको आरोप छ। 

www.cpnm.org


संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions