नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      

जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभामा राजनीतिक दलहरु
नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी-लेनिनवादी (एमाले)

नेकपा एमालेको इतिहाँस सन् १९४९ अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापनासँग जोडिन्छ। प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा उल्लेख्य भूमिका निर्वाह गरेको एमाले वि स २०४६ मा प्रजातान्त्रको पुनर्स्थापनापछि गठित अन्तरिम सरकारमा सहभागी भयो र वि स २०४७ को संविधान निर्माण प्रक्रियामा भाग लियो। वि स २०४८ मा पार्टीले बहुदलीय प्रजातन्त्रलाई पूर्ण समर्थन गर्ने घोषणा गर्‍यो। एमालेको पार्टी सङ्गठन कार्यकर्ता र पार्टीको नीतिमाथि सशक्त नियन्त्रण राख्‍ने अत्यन्त अनुशासित पार्टीको रुपमा लिइन्छ । आन्तरिक असहमति हुँदा पनि एमालेले सशक्त एकताको छवि प्रदर्शन गर्दछ।

वि स २०५१ को निर्वाचनपछि छोटो अवधिका लागि नेपालको पहिलो कम्युनिष्ट र पहिलो अल्पमतको सरकार चलाएबाहेक एमालेले प्रायः मुख्य प्रतिपक्षी पार्टीको भूमिका निर्वाह गरेको छ। त्यसबेला अन्य कुनै पार्टी यससँगको गठबन्धनमा सहभागी हुन इच्छुक नभएपछि एमाले छिट्टै सत्ताबाट ओर्लनुपर्‍यो। सन् १९९८ मा नेपाल-भारत महाकाली नदी सन्धिलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विवाद उठेपछि पार्टी विभाजित भयो।

महाकाली नदी सन्धिविरोधी समूहले नेपाल कम्युनिष्ट पार्टी - मार्क्सवादी-लेनिनवादी (नेकपा-माले) गठन गरे। वि स २०५६ को निर्वाचनमा फूटका कारण निराशाजनक परिणाम प्राप्त भएपछि वि स २०५९ मा एमाले पुनः एकीकरण भयो। एमाले आफ्नो मार्गनिर्देशक सिद्धान्तका रूपमा मार्क्सवाद र लेनिनवादमा आस्था राख्दछस तर पार्टी गरीब, दमित र शोषित वर्गको प्रतिनिधित्व गर्ने अनवरत सन्देशका साथ क्रमशः बढी नरमपन्थी हुँदै गएको छ।

संविधान सभाको निर्वाचनमा अनेपक्षित परिणाम आएपछि वि स २०६५ को बैशाखमा माधवकुमार नेपालले महासचिवको पदबाट राजीनामा दिएपछि झलनाथ खनालले सो पद सम्हालेका छन्। दुई वैकल्पिक सदस्यसमेत पार्टीको स्थायी कमिटिमा १३ सदस्य छन्। यसैगरी, यसको केन्द्रीय समितिमा १४ जना वैकल्पिक सदस्यसमेत २७ सदस्यहरू छन्।

एमालेको घोषणापत्रमा प्रधानमन्त्री र राष्ट्रपति दुवै प्रत्यक्ष निर्वाचित हुने र जातीय, भाषिक, साँस्कृतिक, ऐतिहासिक र भौगोलिक आधारमा सङ्घीय एकाइहरू गठन हुने प्रावधानको प्रस्ताव गरेको छ। माओवादीभन्दा अधिक नरमपन्थी र नेकाभन्दा अधिक प्रखर भए पनि एमालेले आफ्ना प्रतिस्पर्धीका भन्दा फरक नारा वा सन्देश नदिएको आरोप यसमाथि छ।

वि स २०४८ को संसदीय निर्वाचनमा एमालेका ६९ सदस्य निर्वाचित भएका थिए। वि स २०५१ को संसदीय निर्वाचनमा कुल दुई सय पाँच सिटमध्ये ८८ सिट हात पार्दै एमाले सबभन्दा ठूलो पार्टीको स्थानमा उभियो। वि स २०५६ मा एमाले पुनः पछाडि धकेलिँदै दुई सय पाँचमध्ये ६९ सिट ल्याएर दोस्रो ठूलो पार्टी बन्न पुग्यो। संविधानसभा निर्वाचनमा विजयी हुने भविष्यवाणीका बाबजूद छ सय एकमध्ये एक सय तीन सिट ल्याएर एमाले तेस्रो स्थानमा सीमित भयो।

राजनीतिक उतारचढावका विगत वर्षमा माओवादी तथा राजाको शासनको दबदबामा एमालेले धेरै मूल्य चुकाउनुपरेको थियो। माओवादीसँग खासगरी गरीब र शोषित वर्गको वाम अभिमत बाँडिनु, सन् २००३ को राजा ज्ञानेन्द्रको सरकारमा सहभागी हुनेलगायत सवालहरूमा ढुलमुले अडान राख्‍नु र वि स २०६४ को व्यवस्थापिका संसद्‍मा माओवादीको प्रस्ताव समर्थन गर्नुजस्ता कारण एमालेको पराजयका मुख्य कारक तत्व मानिन्छन्। एमालेले संविधानसभा निर्वाचनपूर्वका दिनमा नेकपा-माओवादी माथि प्रस्ट निशाना तय गर्‍यो भने माओवादीले पनि एमाले नेता, कार्यकर्ता र मतदातालाई निशाना बनायो।

सातदलीय गठबन्धनको महत्त्वपूर्ण सदस्य भएर पनि एमालेलाई सङ्क्रमणकालमा नेका र नेकपा-माओवादीले प्रायःजसो छेउ लगाए। सर्वसम्मतिका आधारमा निर्णय लिइने प्रक्रियाले यसलाई सर्वाधिक नरमपन्थी र लचकता भएको पार्टीका रूपमा उभ्यायो तर मुख्य गठबन्धन पार्टीहरूमध्ये एमाले सर्वाधिक आलोचित पनि रह्यो।

www.cpnuml.org

संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प
2009-09-18
निवर्तमान प्रधानसेनापती रुकमाङगत कटवालको कारवाही प्रकृयामा उनको पद थमौती गर्ने राष्ट्रपतिको कदमविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले अब संविधानमै संसोधनको अर्को नयाँ विकल्प अघि सारेको छ। नयाँ सरकार गठन प्रर्कयाबारे बीबीसी नेपाली सेवाका रविन्द्र मिश्रले सो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग गरेको कुराकानी

अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश

लेखमाला

Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions