|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभामा राजनीतिक दलहरु
नेपाली
जनता
दल पहिले संयुक्त जनता पार्टी भनेर चिनिने नेपाली जनता दल सन् १९९५ मा रामदुलारी देवी शाहको नेतृत्वमा स्थापना भएको थियो। दलित, जनजाति, महिला र अन्य अल्पसंख्यक समूहलाई मुक्ति दिने र नेपाली राजनीतिमा तिनीहरूको प्रतिनिधित्व सुनिश्चित गराउने उद्देश्यका साथ पार्टीको स्थापना भएको थियो। पार्टीको घोषणापत्रमा नेपाली जनता दललाई प्रगतिशील, समाजवादी र राष्ट्रवादी भएको उल्लेख गरेको छ। सन् २००७ मा भएको यस पार्टीको महाधिवेशनले हरिचरण शाहलाई पार्टी अध्यक्ष, कविराज तिमिल्सिनालाई उपाध्यक्ष, दीपकराज पाण्डेलाई सचिव, गायत्री शाहलाई सहसचिव र सावित्री शाहलाई कोषाध्यक्षको रूपमा निर्वाचित गर्यो। पार्टीको केन्द्रीय समितिमा ४१ सदस्य छन्। पार्टी नेताहरू केन्द्रीय समितिलगायत पार्टीका सबै पदहरूमा ५० प्रतिशत महिलाहरू रहेको दावी गर्दछन्। यो पार्टी व्यवस्थापिकाले नियुक्त गर्ने आलङ्कारिक राष्ट्रप्रमुख र प्रत्यक्ष रूपले निर्वाचित कार्यकारी अधिकारयुक्त प्रधानमन्त्रीय पद्धतिसहितको लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको छ। पार्टीले स्रोत, विकासको अवसर र जनसङ्ख्याका आधारमा विभाजित सङ्घीय एकाइलाई समर्थन गर्ने बताएको छ। यस पार्टीले वि स २०५८ को स्थानीय निर्वाचन र वि स २०५६ को आमनिर्वाचनमा भाग लिएको भए पनि कुनै पनि सिट जित्न सकेको थिएन। संविधानसभा निर्वाचनमा भने यस पार्टीले दुई सिट जितेको छ। |
संविधानसभा सदस्यको बोली
संविधान संसोधन अर्को विकल्प 2009-09-18
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||