नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभामा राजनीतिक दलहरु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्रको पुनर्स्थापना भएपछि तथा पञ्चायती व्यवस्थाको पतन भएपछि वि स २०४७ मा स्थापना भएको थियो। त्यतिबेला दुई वटा पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको नामबाट दर्ता भएका हुँदा तिनलाई छुट्ट्याउन राप्रपा-थापा र राप्रपा-चन्द थपिएको थियो। वि स २०५० मा यी पार्टी एकीकृत भए। राप्रपाका सांसद्हरूले नेपाली काङ्ग्रेसले नेतृत्व गरेको सन् १९९५-१९९७ को गठबन्धन सरकारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस पार्टीका नेता लोकेन्द्रबहादुर चन्द सन् १९९७ मा एमालेसँगको गठबन्धन सरकारमा प्रधानमन्त्री बने। त्यसपछि नेताहरूबीचको सङ्घर्षले पार्टी विभाजन भयो। विभाजितहरू पुनः एकीकृत पनि भए।

सन् २००४ मा राजाले नेका-प्रजातान्त्रिकका नेता शेरबहादुर देउवालाई सरकार बनाउन आह्वान गरेपछि त्यसमा राप्रपापनि सहभागी भयो। राजाले वि स २०६१ माघ १९ मा 'कू' गरेर यो सरकारलाई खारेज गरी सम्पूर्ण शक्ति हत्याएपछि अन्य पार्टीका नेताहरूलाई जस्तै राप्रपा अध्यक्ष पशुपति शमशेर जबरालाई पनि गृह नजरबन्दमा राखियो। राप्रपाका केही सदस्यहरू वि स २०६१ मा शाही मन्त्रीपरिषद्‍मा सामेल भएपछि पार्टी पुनः विभाजन भयो। यतिखेर पूरा दरबारिया झुकाव भएकाहरूको समुहको प्रतिनिधित्व गर्नेहरूले राप्रपा- नेपाल नामको पार्टी गठन गरे। अहिले राप्रपाका तीन वटा समुह छन् स् राप्रपा, राष्ट्रिय प्रजातन्त्र पार्टी-नेपाल र राष्ट्रिय जनशक्ति पार्टी (राजपा)।

पूर्व पञ्चहरूको यो पार्टीका तीन वटा सैद्धान्तिक अवधारणाहरू राष्ट्रियता, प्रजातन्त्र र उदारवाद हुन्, यद्यपि यसलाई राजावादी र दक्षिणपन्थी पार्टीका रूपमा हेरिने गरे पनि यसले संविधानसभामा गणतन्त्रको पक्षमा मतदान गर्‍यो।

यो पार्टीका अध्यक्ष पशुपति शमशेर राणा हुन्। पार्टीको केन्द्रीय समितिमा ३५ सदस्य छन्।

राप्रपाले वेस्टमिनिस्टर सिस्टममा जस्तो सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्ने प्रणालीको प्रस्ताव गरेको छ। राजतन्त्र र धर्म निरपेक्षताको सवाल सार्वभौम जनतालाई प्रत्यक्ष रूपले निर्णय गर्न छोडिदिनुपर्ने राप्रपाको धारणा रहेको छ। राप्रपाले वर्तमान एकात्मक राज्य प्रणालीलाई अन्त्य गरी सङ्घीय राज्य प्रणाली अपनाइनुपर्नेमा जोड दिएको छ।

सन् १९९१ को संसदीय निर्वाचनमा राप्रपा-थापाले एक सिट र राप्रपा चन्दले तीन सिट जितेका थिए। दुवै राप्रपाको एकीकरण भएपछि सन् १९९४ को निर्वाचनमा २० सिट जितेर राप्रपा तेस्रो सर्वाधिक ठूलो पार्टी बन्न पुग्यो। सन् १९९९ को निर्वाचनमा राप्रपाले ११ सिट जित्यो। संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ राप्रपालाई शून्य परिणाम हात लाग्यो भने समानुपातिकतर्फ केवल आठ सिटमा विजय पाउन सक्यो। यस्तो परिणामका पछाडि राप्रपाको विभाजन र नयाँ नेपालको सन्दर्भमा भिन्न दृष्टिकोण ल्याउन नसक्नु मुख्य कारण मान्न सकिन्छ। राप्रपाको छवि अझसम्म पनि 'पञ्चायती पार्टी' का रूपमा कायमै छ, तर यो पार्टी मुलुकलाई गणतन्त्र घोषणा गरिँदा तटस्थ बस्यो र यसले बहुदलीय प्रजातन्त्रप्रति दह्रो समर्थन अभिव्यक्त गर्‍यो। यस पार्टीका सम्पन्न र सुशिक्षित नेताहरूसँग सरकार चलाउने सम्बन्धमा व्यापक अनुभव छ ।




संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions