नेपाल संविधानसभा पोर्टल

समाचार:  कङ्ग्रेस सभापतिको अधिकार घट्यो       दाहालले भने- 'गिरिजाबाबु तपाईँ नै गर्नोस्'       युथफोर्सद्वारा धनकुटामा अनिश्चितकालीन बन्द       आन्दोलन स्थगित गरी वार्तामा आऊ : कोइराला       माओवादी नआएपछि विशेष समिति बैठक बसेन       देउवाको गाडीमा माओवादी आक्रमण/ एक घाइते      



जनमत
नयाँ संविधान समयमैं निर्माण गर्न सबै पार्टी सम्मिलित राष्ट्रिय सरकार निर्माणको विकल्प छैन् भन

पूर्व जनमत »

संविधानसभाको कार्यतालिका

संविधानसभा सदस्यलाई आफ्ना जिज्ञासा राख्नुहोस्

अक्षरको आकार: सानो बनाउनुहोस् ठूलो बनाउनुहोस्
संविधानसभामा राजनीतिक दलहरु
राष्ट्रिय जनमुक्ति पार्टी 

राष्ट्रिय जनमुक्ति पार्टी वि स २०४७ मा आदिवासी जनजाति नेता एम.एस. थापा (मगर) र गोरेबहादुर खपाङ्गीले स्थापना गरेका थिए। सुरुमा पार्टीको नाम नेपाल राष्ट्रिय जनमुक्ति पार्टी थियो। गोरेबहादुर खपाङ्गी राजा ज्ञानेन्द्रको शासनकालमा मन्त्री बनेका थिए, यस पार्टीको वर्तमान अध्यक्ष मालवीर सिंह हुन्।   राष्ट्रिय जनमुक्ति पार्टीको घोषणापत्रले एउटा केन्द्रीय सङ्घीय सरकार र क्षेत्रीय स्वायत्त सरकारको प्रस्ताव गरेको छ। सङ्घीय सरकारमा दुई वटा परिषद् रहनेछन्, राष्ट्रिय परिषद् जसले प्रतिनिधिसभाको रूपमा काम गर्नेछ भने राज्य परिषद् जसले माथिल्लो सदनको काम गर्नेछ। माथिल्लो सदनमा सबै स्वायत्त राज्यहरूबाट समानुपातिक आधारमा प्रतिनिधिहरू निर्वाचित हुनेछन्। पार्टीले सम्पूर्ण सीमान्तीकृत तथा सुविधाविहीन पारिएका समुदायहरूको लागि राज्यका सबै निकायहरूमा आरक्षणको प्रतिबद्धता जनाएको छ।  

यस पार्टीले संविधानसभामा दुई सिट जितेको छ। 

www.janamuktiparty.com


संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार'
2009-10-13
दिउँसो केन्द्रीय समिति तथा संसदीय दलका साथीहरूको अनौपचारिक बैठक थियो, त्यतिबेला प्रधानमन्त्रीको फोन आयो । उनले सुजातालाई उपप्रधानमन्त्रीमा शपथ गराउँदैछु भनी जानकारी गराए । पार्टीले यसबारे कुनै निर्णय गरेको छैन, तपाईंले यो निर्णय नगर्नुस् र रोक्नुस् भनी आग्रह गरेका हौं । यदि यो निर्णय लिनुभयो भने तपाईं -प्रधानमन्त्री) लाई पनि राम्रो हुँदैन भनेका छौं । पार्टीले यस किसिमको निर्णय चाहेको होइन ।



अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ
2009-10-11
विद्युत महसुल समायोजन गर्न जरुरी छ
सुख्खा याम नजिकिंदै छ। खोलामा पानी विस्तारै घट्दै जाँदा विद्युत परियोजनाहरुबाट हुने विद्युत उत्पादन घट्दै जान्छ र शुरुहुन्छ घण्टौं लामो कहालीलाग्दो लोडसेडिङ। गत वर्ष सुख्खायाममा दैनिक १६ घण्टा लामो लोडसेडिङ भएको थियो। उर्जा मन्त्री प्रकाशशरण महतले नेपालको विद्युत र उर्जा क्षेत्रमा गर्नुभएको वार्ताको सान्दर्भिक अंश



लेखमाला



Maintained by
DEAN - Democracy and Election Alliance Nepal
गृहपृष्ठ  |  सम्पर्क  |  सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी  |  गोप्यता नीति
Powered by Genisis Solutions