|
|||||||||
|
|
|||||||||
जनमत
![]()
|
संविधानसभामा राजनीतिक दलहरु
सद्भावना पार्टी (सपा) सद्भावना पार्टी (सपा) निर्वाचन आयोगमा दर्ता भएको नेपाल सद्भावना पार्टी - आनन्दीदेवी (नेसपा-आ) बाट वि स २०६४ पुसमा फुटेर निस्केको एउटा समुह हो। पूर्व मन्त्री राजेन्द्र महतोले नेतृत्व गरेको यो पार्टी नेताहरूबीच मतभेदका कारण माउ पार्टीबाट फुटेको हो। सद्भावना पार्टी वि स २०६४ माघ फागुनमा तराई आन्दोलन चलाउने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक सदस्य हो। सद्भावना पार्टी क्षेत्रीयतामा आधारित दक्षिणपन्थी पार्टी हो। राजेन्द्र महतो यस पार्टीका अध्यक्ष रहेका छन् भने लक्ष्मणलाल कर्ण सह-अध्यक्ष रहेका छन्स यसैगरी रामनारायण यादव र नर सिंह दुवै उपाध्यक्ष रहेका छन्। अनिल झा पार्टीका महासचिव हुन् भने नवल किशोर साह कोषाध्यक्ष हुन्। पार्टीमा चार जना सहायक सहसचिवहरू छन् र केन्द्रीय समिति २२ सदस्यीय रहेको छ। सद्भावना पार्टीको घोषणापत्रले अप्रत्यक्ष रूपले निर्वाचित हुने आलङ्कारिक राष्ट्रपति र शक्तिशाली प्रधानमन्त्रीय प्रणालीको प्रस्ताव गरेको छ। यस पार्टीले मधेस, पहाड र हिमाल गरी तीन वटा सङ्घीय एकाइहरू प्रस्ताव गरेको छ जसमा मधेसको स्वायत्तता पार्टीको मुख्य माग हो। सद्भावना पार्टीले संविधानसभामा नौ सिट जितेर आफूलाई तराईमा आधारित पार्टीमध्ये तेस्रो ठूलो दलको रूपमा उभ्याएको छ। यो पार्टी तराई आन्दोलनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक भएर तथा मोर्चासँग चुनावी सहकार्य गरेर निर्वाचनमा लाभान्वित भयो। |
संविधानसभा सदस्यको बोली
'संस्थागत पद्धतिमा प्रहार' 2009-10-13
![]() अन्तरक्रिया
विद्युत महसुल समायोजन गर्न जरुरी छ 2009-10-11
![]() लेखमाला
भद्दा हुनुहुँदैन 2009-10-27 — काशीराज दाहाल नयाँ संविधानमा अपांगता भएकाहरुको अपेक्षा 2009-10-08 — विवेक खड्का बहसमा राजनीतिक अग्राधिकार 2009-10-07 — दुर्गा खनाल |
|||||||
गृहपृष्ठ |
सम्पर्क |
सुझाव
© २००८ नेपाल संविधानसभा पोर्टल । सर्वाधिकार सुरक्षित । सामाग्रीको जिम्मेवारी | गोप्यता नीति Powered by Genisis Solutions |
|||||||||